तासमा मस्त भन्सारका कर्मचारी ः तस्करको रजाई
Advertise Here Book Now

सुनसरी, असोज११ गते । सरकारले छुट दिएका बाहेकका बस्तु भारतीय बजारबाट नेपालतर्फ ल्याउनु परे तोकिएको दस्तुर तिर्नु अनिवार्य छ । सरकारी राजश्वका रुपमा जम्मा हुने दस्तुर संकलनका लागि सम्वन्धित क्षेत्रहरुमा आवश्यकता अनुसारका भन्सार कार्यालयहरुको स्थापना गरिएका छन् । सुनसरीमा ७ वटा छोटी भन्सार रहेका छन् । भन्सार कर्मचारीको उपस्थिती न्युन हुने र उनिहरुले कामप्रति खासै लगाव नराखी वेवास्ता गर्ने गरेकै कारण राजश्व चुहावटको क्रम बढ्दो अवस्थामा रहेको आरोप लागिरहँदा छोटी भन्सार लौकहीका कर्मचारी कार्यालय समयमा तास खेलमा मस्त भेटिएका छन् । कार्यालयको मुल गेट बन्द थियो । भारतीय बजारबाट सामान लिई आएका केही व्यापारी राजश्व बुझाउन कार्यालय त पुग्थे तर कर्मचारी नभेटेपछि बाटो लाग्ने गरेको देखिन्थ्यो । थोरै थोरै परिणामका सरसामानहरु लिएर उक्त नाका भएर वारीपारि गर्ने निकै भेटिए । भन्सार काट्न चाहनेहरुले समेत दस्तुर तिर्नु परेन् । चोरीतस्करी गर्ने र कर्मचारीको आँखा छल्नेहरुका लागि सरसामान ओसारपसार गर्न सहज देखियो कार्यालयमा कर्मचारीको अनुपस्थिती । स्थानीयहरुले कर्मचारी हतपत कार्यालयमा नबस्ने बताइरहँदा कार्यालयको जिम्मेवारी पाएका छोटी भन्सार कार्यालय लौकहीका कर्मचारी पुण्यप्रसाद रेग्मी तासमा मस्त भेटिए । गञ्जी र हाफ पाइन्टमा स्थानीयहरुसँग तास खेल्दै गरेका उनले पहिले आफु लोकनाथ गरेको व्यक्ति भएको बताउँदै गर्दा क्यामेरामा आफु कैद भएको थाहा पाएका उनले अफिसमा काम नभएकाले टाइम पास गर्न तास खेल्न आएको बताए ।आफ्नो नाम सच्याउदैं उनले आफु कार्यालय सहयोगी रहेको र भन्सारको जिम्मेवारी सम्हाल्दै आएको बताए । उनको वास्तविक नाम त्यतिबेला थाहा भयो जब उनले पत्रकारहरु हुनुहुँदो रछ । थाहा पाइन् सर म टाइम पास गर्न गएको थिएँ । मेरो नाम पुण्यप्रसाद रेग्मी हो भनेर सुनाए ।
सो भन्सार कार्यालयले मासिक १ लाखको हाराहारीमा राजश्व उठाउने गरेको छ । सुनसरीका अधिकांश छोटी भन्सार कार्यालयहरु कार्यालय सहयोगीकै जिम्मामा छन् । पर्याप्त कर्मचारी अभाव रहेको बताउने सुनसरी भन्सार कार्यालय सेतु बन्धले छोटी भन्सारहरुलाई व्यवस्थित गर्न नसकिएको स्विकार्छ । प्रमुख भन्सार अधिकृत तीर्थराज बराल राजश्व चुहावट र व्यवस्थित कार्यसम्पादनका विषयमा आफु गम्भिर रहेको बताउनुहुन्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्