सफलताको कथा :बिदेशको कमाई एफएम रेडियो संचालनमा लगानी
Advertise Here Book Now

लहान, असोज १० गते । बिदेशमा गएर कडा मेहनेत गरेर कमाएको आम्दानीले घर निर्माण , जग्गा खरिद , छोरा छोरीको शिक्षा दिक्षामा खर्च गर्ने चलन नै चलेको छ । तर लहानका एक यूवकले आफनो बैदेशिक रोजगारमा गएर कमाएको सवै लगानी रेडियो संचालन गरेर समाजमा सुचना मनोरञ्जन पस्केर नै सन्तुष्ट देखिएका छन । लहान –५ का फिरोज शेखले श्रोतावाट रेडियो संचालक सम्म पुग्न दिनरात मिहनेत गरेर थोरै समयमा सफलता हासिल गरेकोले खुशी साटदै भन्नुहुन्छ–लहानमा रहेको समग्र र सौगात एफएमवाट श्रोता भएर रेडियोमा प्राबिधिकको रुपमा काम गर्न अवसर पाए । म रेडियो संचालक बन्छु भन्ने ठानेकै थिएन । रेडियोकर्मीहरुसंगको संगहतमा म प्रेरणा पाए । मनमा रेडियो खोल्छु भन्ने प्रण गरे । आठ वर्षसम्म विदेशमा कडा मिहनेत गरे ।आज उद्येश्यप्राप्तीमा सफल हुँदै गएकोमा सपना सकार भएकोले खुशी न हुने कुरै भएन ।
 ५०० वाटको रेडियो संचालन गरेर यो ठाँउसम्म आईपुगेको फिरोज रेडियोमा बिहान ७ वजेदेखि राती ११ वजेसम्म खटेर अहिले पनि मिहनेत गरिरहेकोमा आफूलाई यस पेशावाट निकै सन्तुष्ट रहेको खुशी समेत व्यक्त गर्नुहुन्छ
राजविराजका सुरेन्द्र गुप्ता , लहानका दिेनेश्वर गुप्ता र समग्र रेडियोको प्रविधिक अञ्जनी राउतको रेडियो पत्रकारिताको तालिम र प्राविधिक ज्ञान सिकेर अनवरत रुपमा विदेमा मिहनेत पसिना बगाएर कमाएको सवै लगानी यतिवेला लहानमा ९३ मेगाहर्ज ५०० वाटको रेडियो संचालन गरेर यो ठाँउसम्म आईपुगेको फिरोज रेडियोमा बिहान ७ वजेदेखि राती ११ वजेसम्म खटेर अहिले पनि मिहनेत गरिरहेकोमा आफूलाई यस पेशावाट निकै सन्तुष्ट रहेको खुशी समेत व्यक्त गर्नुहुन्छ । रेडियो सरगमका संचालक फिरोज शेखको भनाईमा रेडियो संचालन गर्ने कार्य निकै चुनौतीपूर्ण रहेको छ । रेडियोको टावर झुण्डियाएर मात्रै हुदैन । समाजले खोजेको मनोरञ्जन , सुचना र समाचारको सन्तुलन मिलाउन संचालकले निकै मेहनेत गर्नु पर्ने हुन्छ । स्थानीय रेडियो भएको कारण स्थानीय भाषामा कार्यक्रम उत्पादनको लागि पनि त्यतिकै ध्यान पुरयाउनु पर्छ । घर परिवारका सदस्यहरुले समेत साथ दिएकोले आज यो अवस्था सम्म आइपुगेको भन्दै फिरोजले रेडियो सरगमलाई जनमनको रेडियो बनाउन अझै धेरै मेहनेत गर्नुपर्ने आवश्यक्ता रहेको बताउछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्