नेपलमै यस्तो बिकट ठाउ जहा अस्पताल पुग्न ६ लाख लाग्ने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम असोज १२ गते । गत शुक्रबार ताम्कु–४ का तुलराम कुलुङले हेलिकोप्टर चार्टर गर्न करिब ६ लाख रुपियाँ खर्च गर्नुभयो । ६० बर्षिय उहाँको श्रीमती बिरामी भएपछि उपचारको लागि सांसद तारामान गुरुङको सहयोगमा हेलिकोप्टर मगाउनुभयो र काठ्माडौं उडाउनुभयो ।
बिरामीलाई हेलीकोप्टरबाट ल्याएर काठ्माडौंमा अस्पताल भर्ना गरियो पनि । तर, अनेक प्रयास गर्दा पनि अस्पतालले उहाँको श्रीमतीलाई बचाउन सकेन । झण्डै तीन लाख खर्चेर उपचार गर्न ल्याएको बिरामीको उपचार नभई मृत्यु भएपछि शवलाई गाउँसम्म पुराउनको लागि पनि हेलिकप्टर नै चार्टर गर्नु पर्ने बाध्यता रह्यो र थप तीन लाख रुपैयाँ खर्चेर गाउँ पुर्याइयो ।
सदरमुकाम जोडिएको सडक भरपर्दो नभएको र जिल्ला सदरमुकाम खाँदबारीबाट गाउँसम्म सडक सञ्जाल नजोडिएकोले महँगो रकम खर्चेर सासको आसमा लाखौ रुपियाँ खर्चेर सुविधा सम्पन्न अस्पताल पुराउन बाध्य छन्, सङ्खुवासभाका माथिल्लो क्षेत्रका नागरिकहरू । 
गम्भिर प्रकृतिका बिरामीलाई अस्पताल पुराउन धेरै दिन लाग्ने भएकोले बाध्य भएर हेलिकोप्टर मगाउनु परेको तुलराम कुलुङको भनाई छ । ‘साह्रो गाह्रो परेको बिरामीलाई बोकेर अस्पताल पु¥याउदा बाटैमा बित्न सक्छ’, स्थानीय कुलुङले भन्नुभयो ‘त्यसो हुनु भन्दा ऋण खोजेर भए पनि चाँडो अस्पताल पुराउन हेलिकोप्टर मगाउन बाध्यता छ ।’ ‘गम्भीर बिरामीलाई जिल्ला अस्पताल पु¥याए पनि अन्यत्र नै रिफर गर्नु पर्छ, बरु एकै चोटी ठूलो अस्पताल पुराउन ठीक हुन्छ’, कुलुङले थप्नुभयो ।
तुम्लिङटार बिमान स्थलमा बुद्ध, यति र गोमा एयरले दैनिक उडान भरेपनि अत्याधिक यात्रुको चापले चाहिएको बेला टिकट नपाउने हुँदा समयमा बिरामी लैजान नपाउने स्थानीयले बताएका छन् । हरेक बिमानमा बिरामीको लागि ईमर्जेन्सी सिटको ब्यावस्था भए हेलिकोप्टरमा लाखौ खर्च गर्नेहरुको संख्या कम हुने सङ्खुवासभाका पत्रकार गंगा विष्टले बताउनुभयो । 
आफूले पनि जिल्ला अस्पतालले बिदा दिएको तीन दिनपछि बल्ल टिकट पाएर आफ्नो आमालाई जहाजबाट उपचार गर्न काठ्माडौं लगेको ताम्कु – ८ का अर्पना राईले बताउनुभयो । ‘जिल्ला अस्पतालले अन्य अस्पतालमा रिफर त गरिदिन्छ तर सडक भरपर्दो नभएकोले गाडी अस्पतालसम्म पुग्न सक्ने वा नसक्ने टुङ्गो हुँदैन’ राईले भन्नुभयो ।
जिल्लाको उत्तरी गाविसहरु किमाथाङ्का, चेपुवा, हटिया, पावाखोला, पाथीभरा, मकालु, ताम्कु, बाला, शिसुवाखोला, माङ्तेवा, याफु लगायतका क्षेत्रहरुमा यातायातको सुविधा छैन । यो ठाउ“हरुबाट विरामी बोकेरै ल्याउनु परे पनि दुईदेखि तीन दिनसम्म लाग्छ । दुर्गम गाविसहरु किमाथाङ्का, हटिया, चेपुवा लगायतका केहि गाविसहरुबाट त बोकेर ल्याउने सम्भावना नै नभएकोले हेलिकोप्टरको साहारा बिना केहि नलाग्ने स्थानिय वाङ्दावी भोटेले बताउनुभयो । ‘स्वास्थ मान्छे त सरासर जा“दा सदरमुकाम खा“दवारी पुग्न कम्तीमा ६ दिन लाग्छ’, स्थानीय भोटेले प्रश्न गर्नुभयो ‘बिरामी बोकेर त कहिले पुग्नु ?’ 
उत्तरी क्षेत्रको यस्तो समस्यालाई विचार गरी र सरकारले उचित सुविधाको ब्यावस्था गर्नुपर्ने सांसद गुरुङले औल्याउ“नुभयो । दुर्गमका प्रत्येक बस्तिहरुमा सडक पुराउन सके हेलिकप्टर चार्टर गर्नु नपर्ने सांसद गुरुङको भनाई छ । सोको लागि सम्बन्धीत निकायले आवश्यक बजेट विनियोजन गर्नु पर्ने र तदारुकताका साथ निर्माण कार्य सम्पन्न गर्नु पर्ने उहाँले स्पष्ट पार्नुभयो । सोको लागि स्थानीय नागरिकहरुको पनि उल्लेखनीय भुमिका रहनुपर्ने सांसद गुरुङले बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्