मिर्चैया उद्योग वाणिज्य संघको साधारण सभा सम्पन्न
Advertise Here Book Now

राम नारायण पडित, सिरहा, ०२ असोज । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाको प्रथम साधारण सभा सम्पन्न भएको छ । बिगत लामो समयदेखि बिभिन्न कारणले हुन नसकेको उद्योग वाणिज्य संघ मिर्चैयाको साधारण सभा आज सम्पन्न भएको छ । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष गणेश साहको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघको पुर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आत्तिथ्यमा साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका जिल्ला, नगर तर्फका उपाध्यक्ष किशोर प्रधान, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजेश श्रेष्ठ, मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष तथा पुर्वान्चल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र राउत, उद्योग वाणिज्य संघ पुर्वान्चलका अध्यक्ष टंक दुलाल, सिरहाका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर लगायतका उपस्थिति रहेका थिए । कार्यक्रममा अतिथिको रुपमा जिल्ला प्रहरी कार्यालय सिरहा, सशस्त्र प्रहरी बल बेश क्याम्प सिरहाका प्रमुखको साथै ईलका प्रहरी कार्यालय मिर्चैया र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रमुखको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुलाई दोसल्ला ओढाई वाणिज्य संघका अध्यक्ष साहले सम्मान पनि गरेका थिए । साधारण सभामा व्यापारी, स्थानियबासी, नागरिक समाज, बुद्धिजिवी, पत्रकार लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्