१२ कक्षाको परीक्षाफल प्रकाशित, ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
Advertise Here Book Now

काठमाडौं, २७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सबै संकायको परिक्षाफल सोमबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ परीक्षामा एक लाख ७५ हजार ५ सय ९३ विद्यार्थी सहभागी थिए भने ८४ हजार ५ सय ९३ बिद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परिक्षा दिएकोमा ४८ हजार ७ सय ६३ जना उत्तीर्ण भएका छन् । यो ३९.५९ प्रतिशत हो । गत वैशाख २० देखि सुरु भएको व्यवस्थापन, मानबिकी र शिक्षालगायत सबै समूहको नतिजा सार्वजनिक गरिएको हो । विज्ञान समूहको भने यसअघि नै परीक्षाफल प्रकाशन भइसकेको छ । VIEW RESULT

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्