सिरहाको धनगढ़िमा मोटरसाइकल दुर्घटनामा परी एकको ज्यान गयो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम भदौ ३० । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमा आज बिहान ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ७३६८ नम्बरको मोटरसाइकल धनगढी नगरपालिका–११ स्थित सडक छेउमा बिग्रेर रोकिएको ना ३ ख ५७५३ नम्बरको ट्रकको पछाडि ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरीको सारस्वर–२ निवासी २५ वर्षीय ब्रह्मदेव साहको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक साहलाई उपचारका लागि लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ। मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमास्मारक अस्पतालमा राखिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्