सीके राउतले गरे टीयूमा विद्यार्थीहरुसँग अन्तरक्रिया
Advertise Here Book Now

काठमाडौं ८ असोज । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले कृतिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका छन् । शनिबार विहान डा.राउतले करिब दुई सयको संख्यामा उपस्थित त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरुसँग मधेशका समस्या तथा स्वतन्त्र मधेशका बारेमा चर्चा गरेका थिए । दशैंतिहार छठको शुभकामना आदानप्रदान गर्न मधेशी विद्यार्थी समाजद्धारा आयोजित उक्त कार्यक्रमा डा.राउतले नेपालको संविधान निर्माण वा संशोधन गरेर मधेशीले अधिकार पाउन नसक्ने दाबी गरे । डा.राउतले भने,‘नेपालको जस्तो सुकै संविधान बने पनि मधेशीले अधिकार पाउने छैन । नेपाली सेनाले जुनसुकै बेला हस्तक्षेप गरेर अधिकार खोस्न सक्नेछन् । नेपाल सरकारले मधेशीले पाएको नागरिकता जुनसुकै बेला खारेज गर्न सक्नेछन् । बारम्बार आन्दोलन गरेर मधेशी जनताको हत्या गराउनु भन्दा शान्तिपूर्ण ढंगले स्वतन्त्रता खोज्नु उपयुक्त हुन्छ ।’ डा.राउतले मधेश देश बनाउन चार वटा आधार मध्ये दुई वटा आधार कायम रहेको बताए । उनले अव मधेशमा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्न अथवा नेपालको संसदबाट राजिनामा दिएर मधेश संसद गठन गर्न आग्रह गरे । अथवा मधेशमा स्वतन्त्र मधेशका लागि निर्वाचन गराउन आग्रह गरे । जसबाट तेस्रो आधार पनि कायम हुने डा.राउतले तर्क गरे । 
 त्यस्तै उनले चौथो आधार अन्तर्राष्ट्रिय समर्थनका लागि गृहकार्य भइरहेको बताए । उनले मोर्चा आन्दोलनमा रहेको बेला अन्तर्राष्ट्रिय निकायले मधेशीलाई प्राथमिकतामा राखेर मोर्चाका नेताहरुलाई बोलाएको बताए । तर मोर्चाका नेताहरुले अन्तर्राष्ट्रिय स्तरमा मधेशलाई रिकोगनाईज गर्न नसकेको आरोप डा.राउतले लगाए । त्रिभुवन विश्व विद्यालयको विभिन्न विषयका करिब दुई सय विद्यार्थी तथा प्राध्यापकहरु कार्यक्रममा सहभागी भएका थिए । अधिकांश विद्यार्थीहरुले डा.राउतको विचारलाई समर्थन गरेका थिए ।                           स्रोत:हुलाकी 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्