आजबाट बर्दिबासका उपभोक्ताले खानेपानी पाउने
Advertise Here Book Now

, असोज १० गते ।
खानेपानीको हाहाकार खेप्दै आएका महोत्तरी बर्दिबासका जनताले सोमबारबाट खानेपानी पाउने उपभोक्ता संस्थाले जनाएको छ । पहिरो खसेर फुटेको खानेपानीको पाइप शनिबार जोडिएसंगै खानेपानीको लाइन सहज भएपछि बर्दिबास नपाको १,२,३ र ४ गरि चार वडाका २० हजार जनताले सहज रुपमा पानी पाउने भएका छन् ।
आइतबार घण्टौं लगाएर बर्दिबास नपा–५ स्थित कारे खोलाको भिरमा फुटेको पाइप सशस्त्र प्रहरी बल छिन्नमस्ता गणका २० जना समूहको सहयोगमा खानेपानी संस्थाका कर्मचारीले पाइप जोडेका छन् । खानेपानीको वितरण लाइनमा समस्या कुनै खराबी नआए सोमबारदेखि उपभोक्ताहरुले घरकै धाराबाट सहजरुपमै पानी पाउने उपभोक्ता संस्थाका अध्यक्ष चुडामणी पोखरेलले बताए ।
लागातारको वर्षातले खोलामा आएको बाढी र पहिरोले खानेपानीको मुहान र पाइपमा क्षति पु¥याएपछि बर्दिबासमा एक सातादेखि खानेपानीको चरम अभाव भएको थियो । आजको द पब्लिक टुडेमा खबर छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्