पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा बेपत्ता (विस्तृतमा)
Advertise Here Book Now
उद्दार गरिएकामा बृद्ध महिलासहित चालक विष्णु राई, सशस्त्र प्रहरीका हवल्दार आरसी कार्की र नारायणप्रसाद काफ्ले रहेका छन् । उद्दार गरिएका मध्ये राईको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । पानीमा पुरै डुवेको गाडी निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ । उद्दारमा शसस्त्र प्रहरी र सेना पनि खटिएको छ । गाडीमा रहेका बेपत्ताहरु डुवेको गाडीमा नरहेको भन्दै प्रहरीले बेपत्ता चार जनालाई त्रिशुलीले बगाएको बताएको छ । नेपाल सरकारका पूर्व मूख्य सचिव समेत रहेका बेपत्ता पूर्व गृहमन्त्री घिमिरे खिलराज रेग्मीको नेतृत्वमा बनेको मन्त्री परिषदमा गृहमन्त्री रहेका थिए । घटनास्थलबाट उद्धार गरिने क्रममा एकजनाको शव भेटिएको र ती व्यक्ति नेपाल प्रहरीका असई भएको बताइएको छ । उनको स्पष्ट परिचय खुल्न बाँकी रहेको छ । उद्धारमा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन उद्दार टोलीनै खटिएको छ । ………….. उद्धार गरिएकाहरुमा नारायणप्रसाद काफ्ले आरसी कार्की, प्रहरी विष्णु राय र बृद्ध महिला चैतन्यकुमारी घिमिरे रहेका प्रहरीले बताएको छ । उनीहरु मध्ये ३ जनाको मृत्यु भएको बताइएपनि प्रहरीले भने पुष्ठि हुन बाकी रहेको जानकारी दिएको छ । मृतकमध्ये बृद्ध महिला घिमिरेकी आमा भएको अनुमान गरिएको छ । गाडी चालकलाई जिवितैउद्धार गरिएको बुझिएको छ । ………… त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने- दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो । दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो । घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए ।
उद्दार गरिएकामा बृद्ध महिलासहित चालक विष्णु राई, सशस्त्र प्रहरीका हवल्दार आरसी कार्की र नारायणप्रसाद काफ्ले रहेका छन् । उद्दार गरिएका मध्ये राईको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । पानीमा पुरै डुवेको गाडी निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ । उद्दारमा शसस्त्र प्रहरी र सेना पनि खटिएको छ । गाडीमा रहेका बेपत्ताहरु डुवेको गाडीमा नरहेको भन्दै प्रहरीले बेपत्ता चार जनालाई त्रिशुलीले बगाएको बताएको छ । नेपाल सरकारका पूर्व मूख्य सचिव समेत रहेका बेपत्ता पूर्व गृहमन्त्री घिमिरे खिलराज रेग्मीको नेतृत्वमा बनेको मन्त्री परिषदमा गृहमन्त्री रहेका थिए । घटनास्थलबाट उद्धार गरिने क्रममा एकजनाको शव भेटिएको र ती व्यक्ति नेपाल प्रहरीका असई भएको बताइएको छ । उनको स्पष्ट परिचय खुल्न बाँकी रहेको छ । उद्धारमा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन उद्दार टोलीनै खटिएको छ । ………….. उद्धार गरिएकाहरुमा नारायणप्रसाद काफ्ले आरसी कार्की, प्रहरी विष्णु राय र बृद्ध महिला चैतन्यकुमारी घिमिरे रहेका प्रहरीले बताएको छ । उनीहरु मध्ये ३ जनाको मृत्यु भएको बताइएपनि प्रहरीले भने पुष्ठि हुन बाकी रहेको जानकारी दिएको छ । मृतकमध्ये बृद्ध महिला घिमिरेकी आमा भएको अनुमान गरिएको छ । गाडी चालकलाई जिवितैउद्धार गरिएको बुझिएको छ । ………… त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने- दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो । दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो । घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए ।उद्धार गरिएकाहरुमा नारायणप्रसाद काफ्ले आरसी कार्की, प्रहरी विष्णु राय र बृद्ध महिला चैतन्यकुमारी घिमिरे रहेका प्रहरीले बताएको छ । उनीहरु मध्ये ३ जनाको मृत्यु भएको बताइएपनि प्रहरीले भने पुष्ठि हुन बाकी रहेको जानकारी दिएको छ । मृतकमध्ये बृद्ध महिला घिमिरेकी आमा भएको अनुमान गरिएको छ । गाडी चालकलाई जिवितैउद्धार गरिएको बुझिएको छ ।

