गौरमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बिच झडप
Advertise Here Book Now

रौतहट, सोज ३ गते । रौतहट जिल्लाको सदरमुकाम गौरमा संविधान दिवस मनाउन निस्केको जुलुसमा सहभागी भएका सरकारी कार्यालयका कर्मचारीहरुलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले लखेटेका छन् ।

नयाँ संविधान जारी भएको एक वर्ष पुरा भएको अवसरमा नेपाल सरकारले घोषणा गरेको पूर्व कार्यक्रम अनुसार प्रमुख जिल्ला अधिकारी नरहरी बरालको नेतृत्वमा सोमबार विहान निस्केको रैली माथि संविधानको विरोधमा रहेका मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका कार्यकर्ताहरुले प्रतिकार गर्दा जुलुसमा सहभागी रहेका सरकारी कर्मचारीहरु भागेका थिए भने मोर्चा र प्रहरी बिच झडप भएको थियो ।

जिल्ला प्रसाशन कार्यालयवाट संविधान दिवस लेखिएको बैनरसहित निस्केको करिब १०० मिटरको दुरीमा नपुग्दै गठबन्धनका कार्यकर्ताहरु कार्यक्रम विथोलेका हुन् ।

सरकारले विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाउन घोषणा गरेको छन् भने अर्को तिर आन्दोलनमा रहेका संघीय गठवन्धनले असोज ३ गतेका दिन विरोधका कार्यक्रम गरि कालो दिवस मनाउन घोषणा गरेको हो ।

विहान निस्केको जुलुसमा भएको झडपमा सुरक्षाकर्मीहरुले लाठी प्रहार गर्दा दर्जन भर मोर्चा कार्यकर्ता सामान्य रुपमा घाइते भएको हो । त्यस्तै पूर्व घोषित कार्यक्रम अनुसार तराई–मधेश राष्ट्रिय अभियान रौतहटका कार्यकर्ताहरुले गौरस्थित मधेशी क्रान्ति चौकमा नेपालको संविधान २०७२ जलाई विरोध जनाएका छन् ।

जारी भएको संविधान मधेश विरोधी रहेको भन्दै तमरा अभियानका कार्यकर्ताहरुले संविधान जलाएको अभियानका केन्द्रीय सदस्य ललित मल्लिक सािनुले बताएका छन् ।

मोर्चाले बेलुकी साढे सात बजेदेखि साढे आठ बजेसम्म ब्लैक आउट गरि कालो दिवस मनाउने घोषणा गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्