उद्योग वाणिज्य संघ मिर्चैयाको सपथग्रहण सम्पन्न
Advertise Here Book Now









राम नारायण पंडित, सिरहा, १८ असोज । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाको शपथग्रहण तथा पद–स्थापन कायक्रम सम्पन्न भएको छ । यहि असोज १० गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित उद्योग वाणिज्य संघ मिर्चैयाका कार्यकारिणी समितिको सपथग्रहण तथा पद–स्थापन कार्यक्रम सोमबार समपन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्य र बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको बिशिष्ठ आतिथ्यमा सपशग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अतिथिको रुपमा नेपाल उद्योग बाणिज्य महासंघका सगरमाथा अञ्चल प्रतिनिधि अशोक अग्रवाल र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देब कुमार यादब लगायतका उपस्थिति रहेको थियो । यहि असोज १० गते सम्पन्न उद्योग बाणिज्य संघ मिर्चैयाको निर्बाचनले हरी शंकर साहको प्यानलले गणेश प्रसाद साह प्यानललाई पराजित गर्दै भारी मतले बिजय भएका थिए । यता, नव निर्वाचित कार्यसमितिको सोमबार नै बसेको बैठकले कार्ययोजनाहरुको सम्बन्धमा छलफल गरि नयाँ संकल्पका साथ मिर्चैया उद्योग बाणिज्य संघलाई थप सुब्यवस्थित र उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधि, ब्यापारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी, संचारकर्मी लगायतका उल्लेखनिय सहभागिता रहेको थियो ।





,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्