सिरहामा अस्पताल भित्र ढुङ्गामुढा, प्रहरीद्धारा ७ जना पक्राउ
Advertise Here Book Now

सिरहा, १५ कार्तिक । उपचारका लागि सिरहा अस्पतालमा ल्याएका सिरहा नगरपालिका वडा नं. १५ सुखचैनाका धाइते बिरामीको ७ जना आफन्तलाई सिरहा प्रहरीले सोमबार पक्राउ गरेको छ ।
दुई पक्षको विवादमा परी धाइते भएकाहरुको आफन्तले अस्पताल भित्रै दोषारोपन गर्दा विवाद भई भै ढुङ्गामुढा हुन थालेको र स्थितीलाई नियन्त्रणमा लिन ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एक नारायण कोइरालाले बताए । पक्राउ परेकाहरुको अनुसन्धान गर्ने कार्य भै रहेकोले नाउँ भन्न नमिल्ने उनले बताए ।
छिमेकी सुनिता कुमारी ठाकुर सँग सिरहाको सुखचैनामा जमुना देवी र निर्मला बरही सँग विवाद हुदाँ अस्पतालको इमरजेन्सी कक्षामा भर्ना भएको र उपचारकै क्रममा सुनिता कुमारी ठाकुरको आफन्त राजे ठाकुर, देवेन्द्र ठाकुर र मुनेश्वर ठाकुरले थप व्यक्तिको सहयोगमा आफु माथि ढुङ्गामुढा गरिएको धाइते जमुना देवी बरहीको आफन्त सुरेश ठाकुरले बताए । दुवै पक्षको विचमा ७ धुर जग्गाका लागि सिरहा जिल्ला अदालतमा मुद्दा चलिरहेको र सोही विषयमा विवाद भएको स्थानियको भनाइ छ ।स्रोत;अपनदैनिक 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्