एसपी श्याम लाल ज्ञवाली माथि आईजी समक्ष उजुरी
Advertise Here Book Now
फिरोज शेख , लहान कार्तिक १४ lशान्ति तथा पुर्ननिर्माण मन्त्री सीता देवी यादवको सामुन्ने प्रहरीले उद्धारको नाममा कव्जामा लिएका दुई किशोरीहरुका अभिभावकहरुले प्रहरी महा निरीक्षक समक्ष एसपी श्याम लाल ज्ञवाली विरुद्ध उजुरी दिएका छन् । उजुरी दिनेहरुमा त्रियुगा नगरपालिका ८ उदयपुर बस्ने ईन्दिरा परियार र सोही ठाउँकी कुमारी विक रहेकी छिन् । उजुरीमा निवेदक द्वयद्वारा भनिएको छ मेरी छोरी मुना भन्ने मल्लिका परियार र भतिजी यमुना विक भारत तर्फ कमाउन जाँदै गर्दा लहान स्थित साना हातहरु भन्ने संस्थाका कर्मचारीहरु र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरीहरुले माडरवाट जवरजस्ति समातेर ल्याई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेको छ । हामी निवेदकहरुले छोरी र भतिजीलाई जिम्मा लगाउन माग गर्दा हालसम्म जिम्मा नदिएको र भेटघाट गर्न समेत नदिई अवस्था अज्ञात राखेकोले अन्यायमा परेका छौं । निवेदकहरुले पारिवारिक सल्लाह र सहमतिवाट कानून बमोजिम वयस्क छोरीहरुलाई काम गर्न पठाउँदा जवरजस्ति पक्राउ गरी काम गर्नवाट बञ्चित गरिएकोले क्षतिपूर्ति दिलाई साना हातहरुका कर्मचारी तथा सिरहाका प्रहरी माथि आवश्यक कारवाही गर्न माग गरेका छन् ।
निवेदकहरुले जिल्ला अदालत सिरहा, वार एसोशिएसन सिरहा, जिल्ला प्रसाशन कार्यालय सिरहा, गृह मन्त्रालय, महिला विकास शाखा, पत्रकार महासंघ सिरहा, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय विराटनगर र काठमाण्डौ, एसएसपी कार्यालय राजविराज र क्षेत्रिय प्रहरी कार्यालय विराटनगरलाई बोधार्थ पनि दिएका छन् । निवेदकहरुले प्रहरी महा निरीक्षकलाई निवेदन चढाए पछि प्रहरी महा निरीक्ष उपेन्द्र कान्त अर्यालले तपाईहरु संग न्याय हुन्छ भनेर आस्वासन दिएको निवेदक ईन्दिरा परियारले बताईन् । मन्त्री यादवले एसपी ज्ञवालीले ज्यादति गरेको र यसवारे गंभीरतापूर्वक सोच्न महा निरीक्षक अर्याललाई आग्रह गरेको मन्त्री निकट नरेश यादवले जानकारी दिएका छन ।

