सिरहाको मालपोत अधिकृत ज्ञानराज लम्साल घुस लिदैगर्दा पक्राउ परे
Advertise Here Book Now



सुरेन्द्र कुमार कामति
सिरहा, असोज १९ गते । अख्तियारको टोलीले घुस सहित रंगेहात मालपोत कार्यालय सिरहाका प्रमुख अधिकृत ज्ञानराज लम्साललाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा आएको अख्तियार टोलीले सेवाग्रहीसँग ४० हजार घुस लिदै गर्दा पक्राउ गरेको हो । सिरहा नगरपालिका १३ मल्हनीया गम्हरीयाका दिपु साहसँग ४० हजार घुस लिदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसंधान कार्यालय इटहरीबाट आएको टोलीले प्रमुख लम्सालाई पक्राउ गरी लगेको छ ।
साहको हजुरआमा फूलोदेवीको नाउँमा गम्हरीया ४ को किता नम्बर २६७ मा ३ कट्ठा ६ धुर जग्गामध्ये १ कट्ठा जग्गा गायब भएको थियो । सोही जग्गाको लागि साहले नापी, मालपोत कार्यालयमा दौडधुप गरेपछि कार्यालय प्रमुख लम्सालले घुस माग गरेको थियो । घुस दिनुपूर्व साहले अख्तियारमा जानकारी गराएको बताए । 
प्रमुख लम्साल करिब २ बर्षदेखि सिरहाको मालपोत कार्यालय र भूमि सुधार कार्यालयको जिम्मेवारी सम्हाल्दै बसेका थिए । प्रमुख लम्सालको सरुवा भईसकेको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्