आखिर किन महिलालाई प्रवेशमा रोक लगायो राजदेवी मन्दिरमा
Advertise Here Book Now

  जनकपुरधाम, १९ असोज । शक्ति स्वरुपा दुर्गा मन्दिरहरु मध्ये केहिमा महिलाहरुको प्रवेश निषेध हुने गरेकोछ ।खासगरि घटस्थापना देखि विजयादशमी सम्म महिलाहरुलाई प्रवेशमा रोक लगाइन्छ । राजा जनकको कुल देवीको रुपमा पुज्य राजदेवी मन्दिरमा झयालबाट मात्र महिलाहरुले दर्शन पुजा गर्ने प्रावधान छ ।पुरुषहरु भित्र प्रवेशगरि पिडीमा समेत पुजा गर्न सक्छन ।तर दशमी भरी महिलालाई मन्दिर भित्र प्रवेश दिदैन । राजदेवी मन्दिर जस्तै जानकी मन्दिरको गर्भ गृहको मुख्यद्वार सम्मपनि दशमीमा महिलाको प्रवेश निषेध गरिन्छ ।जानकी मन्दिरमा महिलाहरुले झुलनोत्सव हुने स्थानबाट मात्र दर्शनपुजा गर्न पाउछन । त्रेतायुगमा राजा जनकको कुलदेवीका रुपमा पुजिदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको  मन्दिरका पुजारी राम गिरीको भनाइ छ ।     त्यस्तै रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हो । तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुनसक्ने केहीको अनुमान छ । परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिलाले सो  अवधिभर भित्र पस्ने आँट नगरेको स्पष्ट पार्दै महन्थ गिरीले भने “विसं २०२० तिर नरेशानन्द गिरी नामका महन्थले यहँको बलिप्रथा रोकेर बलि नचढाउदा उनलाई अनिष्ट भएकाले  पछि क्षमापूजा गरी बलि चढाइएको थियो ।”घटस्थापनादेखि नै भगवान राम मन्दिरको पूर्बी मुल ढोका बन्दगरि उत्तरी ढोकाबाट पुजा गरिन्छ ।दसमीभरि नै पूर्बी ढोका बन्द रहने गरेको महन्त गिरिले जनाए । जानकी मन्दिरमा आरतीको बखत दक्षिणी ढोकालाई पूर्ण रुपमा बन्दगरि उत्तरी ढोकाबाट मात्र आवतजावत गरिन्छ ।दशैमा राम मन्दिर र जानकी मन्दिरमा  पुजाको बिधानमा फेर बदल नभएपनि पुजा गर्ने द्वार र महिलाहरुको प्रवेशमा फरक हुने गरेकोछ । दशमीभरि महिलाहरुले भित्र प्रवेशगरि पिडीमा पुजा गर्न रोक लगाइएपनि दशमी पछि महिलाहरुका लागि समेत बन्देज नरहने महन्त गिरि बताउछन । महिलाहरुको प्रवेशमा रोक रहेपनि बाहिर नै पुजा गर्दा कुनै कठिनाई नहुने गरेको श्रद्धालुहरु बताउछन ।परम्परागत मान्यतालाई चुनौती दिनुको कुनै औचित्य नरहेको जनाउदै सीता देवीले भनिन–‘भगवानको पुजा आस्थाले हुन्छ, भित्र प्रवेश गर्नु नै ठूलो विषय होइन ।’ रासस   

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्