व्यापार संघ गोलबजारको कार्यालय सचिवको घरमा
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १७ कार्तिक । उद्योग व्यापार संघ गोलबजारको कार्यालय वर्तमान कार्यसमितिका सचिबले आफ्नो घरमै संचालन गरी काम काज गरिहेका छन् । संघको कार्यालय भएपनि व्यापार संघका सचिब फुलगेन नायकले मनोमानी गर्दै कार्यालय आफनो घरमै संचालन गरिरहेकोले समस्या भइरहेको स्थानिय व्यापारीह?ले गुनासो गरेका छन् । यस सन्दर्भमा संघका उपाध्यक्ष धनिक लाल महतोसग सम्पर्क गर्दा फोन रिसिभ हुन सकेन् । गोलबजारका व्यापारीह?ले संघको कार्यालय संचालन गरि कामकाज गर्नका लागि बर्तामान कार्य समितिका पदाधिकारीसंग आग्रह गरेका छन् । बर्तमान नेतृत्बले नियमित ?पले कार्यालय संचालन नगरेको खण्डमा बाध्य भएर व्यापारीह?लाई आन्दोनमा उत्रिनु पर्ने गोलबजारका स्थानिय व्यापारी संतोष साहले चेताबनी दिए । यहि कार्तिक १५ गते देखि मंसिर १५ गते सम्मका लागि व्यापारीह?लाई नया सदस्यताको लागि निबेदन दिन र पुरानो सदस्यतालाई नविकरण गर्नका समय दिए पनि बर्तमान नेतृत्बले हैकमबादी शासन गर्दै घरमै कार्यालय संचालन गरेकोले समस्या भइरहेको उनले आरोप लगाए । विगत १० बर्ष देखि व्यापार संघको चुनाब हुन नसकेकाले अबको चुनाबले कुशल नेतृत्ब चयन गर्नमा जोड दिने सुनचाँदी ब्यबसायी संघका केन्द्रिय सदस्य तथा स्थानिय व्यायपारी भरत अग्रबालले बताए । यता, अगामी महिना हुन गईरहेको संघको चुनाबको लागि जिबछ साह, दिपक नायक, भरत अग्रबाल र प्रमेश्बर साह लगायतक अध्यक्षका प्रत्यासी रहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्