सिरहामा चार राउण्ड गोली सहित तीन पक्राउ
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २७ कार्तिक । सिरहाको मिर्चैयाबाट चार राउण्ड गोली सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा शसस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाबाट खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैयाको कटारी चौकबाट आज (शनिबर) २ राउण्ड गोली र २ थान गोलीको खोका सहित ३ जनालाई पक्राउ गरिएको छ । ज ५ प १२९ नम्बरको मोटरसाइकल चेकजाच गर्ने क्रममा मोटरसाइकलको एयर फिल्टरमा लुकाई राखेको अबस्थामा ८ एमएमको २ राउण्ड गोली र २ थान गोलीको खोका बरामद भएपछि मोटरसाइकलमा सबार रहका ३ जनालाई नियन्त्रणमा लिईएको प्रहरीले बताए । पक्राउ पर्नेहरुमा मिर्चैया २ मल्हनिया पिरारी बस्ने २१ बर्षीय नरेश कुमार कापर, २२ बर्षीय २२ जयकिशोर कापर र २४ बर्षीय बिनोद कापर रहेको प्रहरीले बताए । पक्राउ परेकाहरुको साथबाट एक लाख ३५ हजार नेपाली रुपैया, एक थान ट्याब र तीन थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाहरुलाई आबश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाइएको छ । घटनाको सम्बन्धमा थप बिबरण आउन बाँकी रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्