तीन बुंदे सहमतिको आधारमा संविधान संशोधन नभए सडक तताउंने
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, २७ कात्तिक । आज मलाई फोन गरेर प्रधानमन्त्री प्रचण्डले भन्नुभयो एक आध दिन यताउता नभए संविधान संशोधनको प्रस्ताव संदनमा लैजाने आश्वासन दिनुभएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बताउंनुभयो । तमलोपाले आज लहानमा पत्रकार सम्मेलन गर्दै ठाकुरले संविधान संशोधनको ड्राफ्टमा सिमाकंन, भाषा, अपरहाउस र जनसंख्याको अधारमा तयार नगरे आफुहरु सडकबाटै मधेशीको अधिकार दिलाउंने बताउंनुभयो । यदि उनीहरु तीन बुंदे सहमतीलाई वेवस्ता गर्दै बहुमतको आधारमा संशोधन गरियो भने डेमोक्रेसीको उपहास हुने भन्दै सरकारको बोली र व्यवहारमा बेइमानस्ता हुने उहां ठाकुरले बताउंनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्