मधेसी मोर्चाको माग पुरा नभए सम्म मुलुकमा कुनै पनि चुनाव हुन नदिने तमलोपा महामन्त्री सोनल
Advertise Here Book Now
राम मण्डल बीरगंज पर्सा कार्तिक १७ । तराइ मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले मधेसी मोर्चाको माग पुरा नभए सम्म मुलुकमा कुनै पनि चुनाव हुन नदिने बताउनु भएको छ । छठ पर्बको अवसरमा बाराको रामपुर टोकनी गाविसको मुसहरी टोलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री सोनलले छठ लगत्तै मधेसी मोर्चाको माग संविधान संशोधन मार्फत सम्बोधन नगरिए मुलुकमा कुनै पनि चुनाव हुन नदिने चेतावनी दिनु भयो । उहाले मोर्चाको माग पुरा नभए सम्म संविधान कार्यान्वयन हुन पनि नदिने दाबी गर्नु भयो । महामन्त्री सोनलले मधेसीको अधिकार अब कुनै पनि शक्तिले खोस्न नस्कने दाबी गर्नु भयो । तमलोपाका स्थानीय नेता भोला साहको अध्यक्षतामा भएको कार्यक्रममा बिन्दु साह ,संतोष यादब ,रमेश सरार्फ लगायतकाले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए ।


