संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले पद पैसाका लागि मधेसीको मुद्दा त्यागेर संविधान संशोधनको नाटक गरिरहेका छन फोरम मधेस राष्ट्रिय अध्यक्ष गुप्ता
Advertise Here Book Now
राम मण्डल बीरगंज पर्सा कार्तिक १७ । मधेसी जन अधिकार फोरम मधेसका राष्ट्रिय अध्यक्ष भागनाथ गुप्ताले संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले पद पैसाका लागि मधेसीको मुद्दा त्यागेर संविधान संशोधनको नाटक गरिरहेको आरोप लगाउनु भएको छ । फोरम मधेस पर्साले आज वीरगन्जको घण्टाघर चोकमा अयोजना गरेको शंकल्प सभालाई सम्बोधन गर्दै अध्यक्ष गुप्ताले नाकाबन्दीका बेला इन्धन र खाद्यान्नको तस्करीबाट रकम कामाउन पल्केका मधेसी मोर्चाका नेताहरु अहिले भने छठ पछि आन्दोलन गर्ने घोषणा गरी पुनः पैसा कमाउने दाउमा लागेकाले त्यसबाट मधेसी जनता सचेत हुनु पर्ने बताउनु भयो । अध्यक्ष गुप्ताले अब कुनै मधेसी दलका नेता वा मोर्चाकोे आह्वानमा आन्दोलनमा नगरी जनता आफैले आन्दोलनलाई अगाडी बढाउनु पर्ने बेला आएको बताउनु भयो । उहाँले अब कुनै नेतालाई मन्त्री वा कुनै नेताको दलाललाई जिएम बनाउनकालागि नभई समग्र मधेस एक स्वायत प्रदेश र जनसंख्याको आधारमा पुर्ण समानुपातिक निर्वाचत प्रणलिका लागि आन्दोलन हुने पर्ने बताउनु भयो । मधेसी मोर्चाका नेताहरुले सत्ता र शक्तिका लागि मात्रै मधेसी जनतालाई प्रयोग मात्र गर्दै आएकाले अब हुने आन्दोलन नेता शुद्धीकरणका लागि समेत हुनु पर्ने धारणा राख्दै अध्यक्ष गुप्ताले मधेसीको मुक्ती समग्र मधेस एक प्रदेश र जनसंख्याको आधारमा पुर्ण समानुपातिक निर्वाचन प्रणलिबाट मात्र सम्भव भएको दावी गर्नुभयो ।अध्यक्ष गुप्ताले मधेसको मुद्दामा कुनै अभिव्यक्ति ब्यक्त नगर्न भारतीय राष्ट्रपतिलाई सुझाव समेत दिनु भयो । उहाँले तीन दिने राजकिय भ्रमणमा नेपाल आएका भारतीय राष्ट्रिपति प्रणव मुखर्जीलाई मधेसको विरोधमा कुनै अभिब्यक्ति व्यक्त नगर्न आग्रह पनि गर्नु भयो ।


