स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” को दोस्रो सप्ताह सम्पन्न
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०९ मंसिर । सिरहाको मिर्चैयामा “स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” को दोस्रो सप्ताहको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सप्ताहिक सरसफाइ कार्यक्रम अन्र्तगत आज (विहिवार) उद्योग बाणिज्य संघ मिर्चैया र मिर्चैया नगरपालिकाको सहकार्यमा मिर्चैयाको थाना चौकदेखि कटारी चौकसम्म सरसफाइ गरिएको छ । सम्पुर्ण मिर्चैयाबासीहरुलाई दिनको कम्तिमा १० मिनेट समय सरसफाई तथा फोहोरमैला ब्यबस्थापनमा दिई “स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” अभियानलाई सफल पार्न मिर्चैया नगरपालीकाका कार्यकारी अधिकृत रमेश कुमार दासले आग्रह गरेका हुन् । प्रत्येक बिहिबार सम्पुर्ण मिर्चैयाबासीहरु एकजुट भई सरसफाई तथा फोहोरमैला ब्यबस्थापन गरे एक बर्ष भित्र मिर्चैया नगरपालिकालाई स्वच्छ र सफा बनाउन सकिने मिर्चैया उद्योग बाणिज्य संघका अध्यक्ष हरीशंकर साहले बताए । कार्यक्रममा मिर्चैया नगरपालिकाका, उद्योग बाणिज्य संघ, ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेश क्याम्पको साथै ब्यापारी, स्थानियबासी, बुद्धिजिबि, नागरिक समाज, पत्रकार लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको मिर्चैया नगरपालिकाका खरिदार राजगिर यादबले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्