चेतना बढ्दै गएपछि मधेशमा महिला हिंसाको घटनामा कमी
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान ११ मंसिर । समाजमा जनचेतनाका कार्यक्रम संचालन हुन थालेपछि हिंसात्मक घटनामा केही कमि आएको छ । ओरेक नेपाल लहानले आज पत्रकार सम्मेलनमा सो तथ्यांक सार्वजनिक गरेको छ । ओरेक नेपालकी सिरहा संयोजक निलम यादवका अनुसार विगतका बर्ष १ सय ७३ वटा महिला हिंसाका घटना रहेको थियो भने यस बर्ष ४८ जति कम रहेको बताउंनुभयो । २०१६ जनवरीदेखि २४ नोभेम्बरसम्म १ सय २५ वटा महिलामाथी हिंसाका घटना भएको छ भने गत बर्ष १ सय ७३ हिंसाका घटना भएको थियो । यस बर्ष घरेलु हिंसा १० , बलात्कार ५ , यौन हिंसा ६ , आत्महत्या ४ , मानसिक यातना २४ , कुटपिट ५४, दाईजो कारण मानसिक यातना ३ , बोक्सीको आरोप ६ र बहुविवाह १० वटा रहेको पत्रकार सम्मेलन जानकारी गराएका छन् । सोहीक्रममा ओरेकले सिरहामा परामर्श ३४, मेलमिलाप ३५, स्वास्थ्य उपचारको सहजिकरण ६, कानुनी प्रक्रिया २३, प्रमाण नभएको ४, प्रहरी अनुसन्धान १८, अदालती ५, अंश मुद्दा १, बहुविवाहको मुद्दा १, कुटपिटको मुद्दा १ र बलात्कारको मुद्दा २ वटामा सेवा प्रदान गरिएको जनाइएको छ । ओरेक नेपालले महिला हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम समेत सो पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । मंसिर ९ गतेदेखि २४ गतेसम्म १६ दिने कार्यक्रम अन्तर्गत पत्रकार सम्मेलन, र्याली प्रदर्शन, स्कूल तथा कांलेज शिक्षा, दहेज विरुद्ध सडक नाटक, सरोकारवालाबीच अन्तरक्रिया, हिंसा विरुद्ध अन्तरक्रिया, विश्व एड्स दिवसमा चेतनामुलक कार्यक्रम, भूमिमा महिलाको अधिकार विषयक अन्तरक्रिया, महिला स्वास्थ्य शिविर, यौनजन्य हिंसा विरुद्ध अन्तरक्रिया, आत्महत्या विषयमा कार्यशाला गोष्ठी, दहेजका कारण महिलामाथी हुने हिंसा विषयक अभिमुखिकरण, घटेका घटनाहरुको अनुभव आदानप्रदान, कोणसभा तथा रक्तदान जस्ता कार्यक्रम अघि सार्ने ओरेककी देवकुमारी महराले बताइन् । आजको कार्यक्रममा दहेज विरुद्ध व्यापक छलफल भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्