एसपी शेखर कोइरालाको प्रतिबद्धता लागूऔषध नियन्त्रणमा जोड
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १५ मंसिर । लागुऔषध न्यूनिकरणमा जोड दिंदै जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोईरालाले सिरहामा शान्ति सुरक्षाको लागि निरन्तर सक्रिय रहने बताउंनुभयो । आज सिरहामा पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउंदै मुस्कानसहितको प्रहरी सेवामा सक्रिय रहने एसपी कोइरालाले बताउंनुभयो । एसपी श्याम ज्ञवाली सिरहाबाट सरुवा भएर गएपछि एक सत्तादेखि एसपी शेखर कोइराला जिल्ला प्रहरी कार्यालय सिरहामा आउंनु भएका छन् । सोहीक्रममा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एक पत्रकारले लहानको तरकारी बजार हुंदै जाने बाटो, भोटिया टोल फुलवारी मेलाको बाटो हुंदै लागुऔषधको कारोबार हुने गरेको चर्चा गर्नुभएका थिए । त्यसैगरी, अर्का पत्रकारले सगरमाथा यातायात कार्यालय अगाडि केही मान्छेले दिउंसै ड्रग्स, रक्सी सेवन गरी सेवाग्राहीलाई कुटपिट गर्ने गरेको चर्चा गरेका थिए । यस्ता घटनालाई यथाशिघ्र नियन्त्रण गर्न समेत एसपी कोईरालाले प्रतिबद्धता जनाएका छन् । सोहीक्रममा जल्ला प्रहरी कार्यालय सिरहाका कार्यालयका एसपी कोईरालाले ईलाका प्रहरी कार्यालय माडर, प्रहरी चौकी लगडीगोठ, लगडि गदियानी र सन्हैठा समेतमा निरीक्षण गर्नुभएका छन् । उक्त निरीक्षणका क्रममा सम्बन्धित प्रहरी कार्यालयमा कार्यरत प्र.क.हरुलाई शान्ति सुरक्षा तथा सीमा नाकाहरुमा हुने अपराध न्यूनिकरण तथा रोकथामको लागि आवश्यक निर्देशन समेत दिई सम्बन्धित सीमा नाकाहरु तथा पिलरहरुको स्थलगत निरीक्षण तथा स्थानीय नागरिकहरु संग भेटघाट गरी प्रहरी सक्रियताका बारेमा राय सुझाब समेत लिनु भएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्