सिरहामा बाटो हगुवा नियन्त्रण अभियान
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १७ मंसिर । सन् २०१७ सम्ममा नेपाललाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुरुप सिरहामा हालसम्म ७० प्रतिशतले चर्पी निर्माण गरिसकेको छ । सिरहा जिल्ला सन् २०१६ भित्रै खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने भनी अभियान चलाइएको छ । सोही अभियान अन्तरगत सञ्चालित कार्यक्रमलाई प्रभावकारी बनाउंनको निम्ति ‘बाटो हगुवा नियन्त्रण’ अभियान शुरु गरिएको छ । जिल्ला विकास समिति सिरहाको जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिले खुला स्थान र सडकमा दिसापिसाब गर्नेलाई नियन्त्रण लिएर कान समातेर उठबस जस्ता कार्य बढाउंदै चेतनामुलक कार्य अघि बढाइएको छ । बिहीबार मात्र सो अनुगमन टोलीले १३ जनालाई नियन्त्रणमा लिएर ‘कान समातेर उठबस’ गर्न लगाएको छ । सिरहा नगरपालिका वडा न.८ को मैसोथा टोलमा सडक छेउमै दिसा गरिरहेका उनीहरुलाई सो टोलीले नियन्त्रणमा लिएको थियो । टोलीले नियन्त्रणमा लिएकाहरुलाई खुला दिसा नगर्न आग्रह गर्दै शौचालयमा मात्र शौच गर्न सुझाएको थियो । ‘हामीले टोली बनाएरै बिहानै ५ बजेदेखि अनुगमनमा निस्कने गरेका छौ ।’ अनुगमन टोलीका सदस्य समेत रहेका नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादवले भने, ‘पुरुष मात्र होइन, महिलाहरु पनि लाजै नमानी खुला स्थानमा दिसा गर्छन् । मधेशमा यस्तो पौराणिक क्रियाकलाप रहेकोले यसलाई हामी हटाएरै छाड्छौ ।’ समन्वय समितिले सन् २०१६ को अन्त्यसम्ममा सिरहालाई खुला दिसा मुक्त क्षेत्र बनाउने लक्ष्य लिएको छ । तर सो लक्ष्य ७० प्रतिशत मात्र पुरा भएको छ । यता, हालसम्म नेपालभर ३८ जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ भने ८ जिल्ला तयारीमा रहेको एक तथ्यांकले सार्वजनिक गरेको छ । लक्ष्य अनुरुप देशभर ८३ प्रतिशत खुला दिशामुक्त क्षेत्र घोषणा भइसकेको छ भने मधेशको सप्तरीदेखि पर्सासम्म ८ जिल्ला पछाडि परेको छ । जसमा सिरहा अग्रपंक्तिमा रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्