जनकपुर सहित तराई मधेश क्षेत्रमा समाचकेवा पर्वको रौनक
Advertise Here Book Now

जितेन्द्र सिंह, कात्तिक २६ । दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीका रुपमा मनाइने सामाचकेवा पर्वको रौनक जनकपुर सहित तराई मधेश क्षेत्रमा बढेर गएको छ । समाचकेवा पर्वमा माटोको कलात्मक रुपमा समा, चकेवा, चुगला लगायतका पात्रहरुलाइ माटोले बनाएर पूजापाठ गर्ने गरिन्छ । समा स्त्री र चकेवा पुरुष पात्र हुन् । यो पर्वमा मैथिल नारीहरुले दाजुभाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गीतका माध्यमले गाली गरी मनोरंजन गर्दछन् । कात्तिक पूर्णिमासम्म मनाइने समा चकेवा समूहगत रुपमा खेल्ने परम्परा छ । छठ अन्तर्गत खरनाको रातिबाट विधिवत रुपमा सुरु गरी कात्तिक पूर्णिमाको मध्यरातिमा समापन गरिन्छ । दाजुभाईले समाचकेवा लगायतका पात्रहरुलाई घुंडामा राखेर फुटाएपछि नदी, तलाउ तथा खुला चौरमा गाडेर समापन गर्ने परम्परा रहेको छ । समा चकेवा पर्व मनाउनका लागि मैथिल नारीहरु माइती जाने चलन समेत रहेको छ । बाहिर रहेका दाजुभाईहरु समेत समाचकेवाको पर्वमा घर फर्किने गर्दछन् । रक्षा बन्धन तथा भाई टीका पर्व भ्याउन नसकेका दाजुभाई तथा दिदीबहिनी समेत यस पर्वमा सहभागी हुनुपर्ने मान्यता रहेको छ । नयाँ पुस्ताका महिलालाई माटाको मूर्ति बनाउने कलाको ज्ञानसमेत यस पर्वको माध्यमबाट प्राप्त हुने विस्वास मानिन्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्