मधेशीको माग पुरा नभए देशमा ठूलो रक्तपात हुने सह महासचिव गुप्ता
Advertise Here Book Now

अभिमन्यु राउत कार्तिक २५ कार्तिक । सदभावना युवा मञ्चका केन्द्रीय सहमहासचिव पदमा भाई नविन कुमार सिंह मनोनित हुनु भएकोमा आज उहाँको आफनै गृह गाउँ ब्रहम्पुरीमा युवा मञ्च ब्रहम्पुरीले सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि सदभावना पार्टीका केन्द्रीय सहमहासचिव अजय कुमार गुप्ताले मधेशी जनता लाई सधै झुक्याउने बाहेक अरु केही खशवादी सरकारहरुले नगरेकोले अन्तिम कार्तिक मशाान्त सम्म बाटो हेर्ने त्यसपछि मधेशीको माग पुरा नभए देशमा ठूलो रक्तपात हुने चेतावनी दिनुभयो ।
हामी सबैले पूर्णरुपमा बिश्वस्त छु कि यो सरकारले कार्तिक मशान्त भित्रमा संविधान संशोधन विधेक सासदमा पेस गरिने छन । त्यसमा सबै राजनितिक दल बहस गरी मधेशी लगायत पिछडावर्ग , जनजाति , मुस्लिम , दलितको हकअधिकार सुनिश्चि गराउनु नै पर्छ सहमहासचिव गुप्ताले दाबी गरेका हुन । पटक पटक यो देशको शासक वर्ग लाई हामीले समय दिई मधेशीको माग सम्बोधन गर्नका लागि दिएको सबै समय खेरा नै गरेका हुन । एउटै बुवाको दुईटा छोरा बिचमा शौतेला व्यवहार जस्तै अहिले नेपालमा मधेशी र खशवादी बिच भईरहेको हो तर यस्तो अबको प्रस्थितिमा हुन नदिने एउटा देशमा दुई राष्ट्र हुने खतरा जुन कुरा हामीले सोचेकै छैन तर यो शासक वर्गहरुले बाध्य बनाई रहेका हुन । सम्पूर्ण नेपाली जनतामा एक समान रुपले संविधाबाट हक दियो भने देशमा शान्ति नै शान्ति हुन्छ । तर खशवादीहरुको कारण नै विगत ६ महिना भन्दा बढी आन्दोलन भयो आउने दिनमा पनि देश संकटको कटघेरा उभन सक्छ सहमहासचिव गुप्ताले बतादै युवा मञ्च केन्द्रीय सहमहासचिव भाई नविन कुमार सिंह लाई बधाई तथा शुभकामना समेत दिनुभो ।
सो सम्मान तथा शुभकामना कार्यक्रमका अध्यक्षता युवा मञ्च ब्रहम्पुरीका रमेश साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।सम्मान तथा शुभकामना कार्यक्रममा अतिथि सदभावना पार्टी जिल्ला अध्यक्ष शेख जमशैद , युवा मञ्च केन्द्रीय सदस्य दिनेश यादव , रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष अभिमनु कुमार पटेल , रामसपा गौर नगर अध्यक्ष ओमप्रकाश साह , पे्रस मञ्च रौतहट उपाध्यक्ष कृष्णा यादव , सदभावना पार्टी ब्रहम्पुरी कमिटि बिरेन्द्र साह , जोगेन्द्र राउत , सतेन्द्र शर्मा , रामआशिष दास लगायतले बधाई एवं शुभकामना दिएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्