विषादी न्यूनिकरणको लागि माटो सुधार अभिायन
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान ३ मंसिर । विषादी न्यूनिकरण र दोब्बर तेब्बर उब्जाउको लागि माटो परिक्षण अभियान सिरहामा तिब्र रुप लिंदै गएको छ । यस अभियान अन्तर्गत परिक्षण गरी माटो सुधार गरेर एउटै बाली एउटै विरुवाबाट दूई तीन पटक राम्रो उत्पादन गर्न सकिने भएको छ । यसका अभियन्ता बद्रीनारायण महतो भन्छन्—‘विदेशमा हावापानी र माटो माटो नरहेको (कृषि उत्पादन हुने माटो) ठाउंमा नेपाली कामदारहरुबाटै एक पटक लगाएको विरुवाबाट दूई तीन पटक उत्पादन लिने गरेको छ । तर, हाम्रो देशमा कृषियोग्य माटो रहेपनि सो अनुरुप उत्पादन गर्न नसकिएकोले माटो व्यवस्थापनको लागि अभियान नै चलाएको छु ।’ अभियन्ता महतो मरुभूमी भएको देश कतारमा १२ बर्षसम्म माटो सुधार कार्यमा लागेर मासिक ८० हजार कमाउंथे । आज भन्दा ४ बर्षअघि महतोको तलब ८० हजार थियो भने अहिले ढेड लाखसम्म कमाउंने क्षमता रहन्थियो । तर महतो आफै माटोलाई सुधार गर्न कतारबाट घर फर्किए । उनी माटो व्यवस्थापनको लागि आफ्नै खेतबारीबाट अभियान शुरु गरे । माटो व्यवस्थापनले कृषि उत्पादनमा बृद्धिका साथै २५ प्रतिशत रोग समेत नष्ट भएको देखेर छिमेकीहरुले उनको प्रविधिप्रति आकर्षण हुंदै गएको छ । यस अभियानलाई निरन्तन्ता दिनेक्रममा अहिले सिरहा, सप्तरी, धनुषालगायत १३ जिल्लामा महतो माटो व्यवस्थापनको लागि खटिरहेका छन् । महतोले माटो परिक्षणका साथै माटो सुधारक तत्वको सिफारिस, माछा पोखरीको पानी परिक्षण, चाउ खेती, बालीमा लाग्ने विभिन्न रोगको व्यवस्थापन गरिरहेका छन् । अभियन्ता महतो अगाडि भन्छन् — ‘स्वस्थ्य माटो, स्वस्थ्य बाली, स्वस्थ्य किसान अनि स्वस्थ्य खाना उपयोग गरौं ।’ ‘यसको लागि माटोमा सुधार आवश्यक छ ।’ ‘अनि मात्रै हाम्रो देशमा पनि विषादीमुक्त र कम खेतमा बढी उत्पादन गर्न सकिन्छ ।’ सिरहाको लहान १८ भदैयामा यस अभियान अन्तर्गत सयौं कृषकले माटो सुधार गरेर दोब्बर तेब्बर उब्जाउ गर्न सफल भएका छन् । लहान १८ भदैयाका बैद्यनाथ प्रसाद चौधरी भन्छन् — माटो सुधार गरिएपछि यस पटक बाली उत्पादनमा तीन गुणा बृद्धि भएको छ । अब यो माटो व्यवस्थापनको लागि राष्ट्रिय कृषक समूह महासंघको पहलमा हाम्रै गाउंमा प्रविधि सिकाई तालिमको व्यवस्थापन गर्न लागिएको छु ।’ माटो परिक्षण सम्बन्धि भदैयामा मास्टर तालिम दिने भएको छ । यसमा ५० सैम्पलका साथै माटो जांचको समाग्रीमा ३० हजार खर्च हुने गरेको छ । संघ संस्थाहरुले कृषकलाई सहयोग हुने गरी ३ सय पर्ने माटो जांचको केमिकल र मेशिनसहित १ सय ५० मा उपलब्ध गराउंदै आएको छ । लहान १८ वडा भदैयाका सचिव बन्हुलाल चौधरी भन्छन् — कृषकहरुको माग बमोजिम आर्थिक बर्ष ०७२ । ०७३ मा कृषिको लागि माटो परिक्षण, विरुवा उत्पादन, विउविजनको लागि १ लाख ८० हजार किसानहरुलाई उपलब्ध गराएको छ ।’ ‘कृषकको माग अनुरुप यस बर्ष पनि माटो परिक्षणको लागि बजेट छुट्याएको छ ।’ यस बर्ष सिरहामा साढे तीन किसानले माटो परिक्षण गरी दोब्बर तेब्बर कृषि उत्पादन गर्न सफल भएको छ । यस अभियानलाई निरन्तरन्ता दिनको लागि राष्ट्रिय कृषक समूह महासंघले सिरहा जिल्लामा कृषक समूह गठन गरेको छ । सोही समूहमा अभियन्ता महतोले सचेतना दिने गरेको छ भने ठाउं ठाउंमा माटो परिक्षणको लागि मास्टर तालिम पनि दिने गरेको छ । महतो कतारबाट घर फर्किएपछि यस अभियानलाई थप उर्जा दिनको निम्ति नेपाल माटो निर्देशनालय हरियर भवनले उनलाई विशेष तालिम समेत दिएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्