भारतीय आयातले सयपत्री फूल उत्पादनमा समस्या
Advertise Here Book Now

दिनेश्वर गुप्ता । लहान ३ मंसिर । भारतीय गुणस्तरहीन कृषि उत्पादनले नेपाली उत्पादनमा ठूलो समस्या पार्दै आएको छ । यसमा कृषि उत्पादन तरकारी, दाल, माछा, कुखुरालगायत दैनिक उपभोग्य मालसमान भारतबाट आयात हुंदा स्थानीय किसानहरुलाई मार्का परिरहेको बेला सयपत्री फूल उत्पादनमा समेत असर परेको छ । वैदेशिक रोजगारको प्रभावहीन गर्न सिरहाको धनगढीमा एक दर्जन नर्सरी संचालन रहेको छ । धनगढी १० मा विगत ८ बर्षदेखि नर्सरीसंगै सयपत्री फूल उत्पादन गर्दै आएका रामकुमार चौधरी भन्छन् — सयपत्री फूलबाट सिजनमा राम्रो कमाउंन सके पनि भारतबाट ठूलो मात्रा आयात हुने फूलले हाम्रो उत्पादन अलपत्रमा पर्छन् । सयपत्री फूलको बजार जनकपुर, विराटनगर र काठमाण्डौं रहेको छ । तर, काठमाण्डौंमा भारतीय सयपत्री फूल ठूलो मात्रामा आयात हुने गरेको कारण स्थानीय फूल त्यस बजारमा पुरयाउंन ढुवानी खर्चले समस्या गरेको छ । राम्रो बजार नपाएकोले रामकुमारले यस पटक ५ कठ्ठामा मात्र सयपत्री फूलको खेती गरेको छ । कम समयमा राम्रो आम्दानीको स्रोत रहेको, एक कठठमा लगाएको फूलबाट २५ हजारसम्म कमाई गर्छन् । असोजदेखि पुससम्म हुने यस सयपत्रीको खेती धनगढीमा पांच वटा नर्सरीले उत्पादन गर्दै आएको छ ।
करिब तीस बर्षदेखि नर्सरीमै जीवन विताएका श्रीदेव नर्सरीका श्रीदेव चौधरी भन्छन् — ‘एक मिटर साईजको माला ३० देखि ४० रुपैयांमा बेच्दै आएको छु ।’ ‘यसको माग बढीत्तर जनकपुर रहेको छ ।’‘ काठमाण्डौं ठूलो बजार भएपनि भारतीय फूलले हामी मारमा परेको छु ।’ तरकारी भन्दा फूल उत्पादन सजिलो भएपनि बजारको अभावमा उनीहरु ठूलो मात्रामा उत्पादन गर्न सकिरहेका छैन । बजार अभाव रहेपनि दशैं,दीपावली, विवाह वर्तबन्धन, धार्मिक अनुष्ठानलगायतको समयलाई पर्खेर फूल खेती गरिरहेका छन् । सिरहा जिल्लाभरी ४५ जति नर्सरी रहेपनि १० नर्सरीमा फूल उत्पादन हुंदै आएको छ । सिरहाको लहान, जिरोमाईल धनगढी, गोलबजारलगायतको नर्सरीमा फूल उत्पादन भइरहेको छ । फूल उत्पादनमा आत्मनिर्भर बनाउंन सरकारले बजारको व्यवस्थापन गरिदिएपछि भारतबाट आयात हुने करोडौंको फूल रोकिन सक्छन् । बजार राम्रो भए स्वदेशमै ठूलो मात्रामा फूल उत्पादन हुने सम्बन्धित कृषकहरुको कथन रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्