सिरहामा धान उत्पादनमा भारी वृद्धि
Advertise Here Book Now

 रामभरोसी यादब(रातोपाटी )
सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । वर्षाले साथ दिएपछि समयमै रोपाई भएका कारण विगतको अनुपातमा यस वर्ष धान उत्पादनमा दोब्बर वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय सिरहाले अनुमान गरेको छ । 
जिल्लाको कुल ६० हजार हेक्टर धान खेतीयोग्य जग्गामध्ये यस पटक ५५ हजार हेक्टर (९१ प्रतिशत) मा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जानकारी भयो । रोपाईपछि समयमा भएको वर्षाले सिंचाईका लागि सुविधा हुँदा धान उत्पादनमा वृद्धि हुने भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामलखन मण्डलले वताए ।
गतवर्ष पानिको अभावले गर्दा ४० हजार ५ सय हेक्टर (६७ प्रतिशत) जग्गामा मात्र धान रोपाई भएको र २ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन भएकोमा यसपालि ३ दशमलव ५ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन हुने कार्यालय प्रमुख मण्डलको भनाई छ ।
उनका अनुसार यस वर्ष कुल १ लाख ९२ हजार ५ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्