कार्ड परिवर्तन गर्न जानकारी नहुंदा ज्येष्ठ नागरिक भत्ताबाट बंचित
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल महिला अन्तर्गत ५ सय रुपैयां भत्ता पाउंदै आएकी थिइन् । यता, ७० बर्ष पूरा गरे वापत थप ५ सय पाउंनुपर्ने प्रावद्यान रहेको छ । उनलाई कार्ड परिवर्तन गर्नुपर्छ भनी जानकारी नरहेकोले तीन बर्षदेखि पाउंनुपर्ने थप रकम पाउंन सकेकी छैन् । देवकी भन्छीन् — म कान सुन्दिन्,मेरी छोरी जीवछीले नै पैसा उठाउंछीन् । छोरीलाई सबै कुरा जानकारी हुन्छ ।
छोरीले नै नगरपालिकामा ल्याएर पैसा उठाउंन लगाउंछन् ।’ उनकी छोरी जीवछी आमाकी सहमतीमा पुरानै कार्डमा भात्ता बुझ्ने गरेकी छीन् । लहान नगरपालिकाका कर्मचारीहरुको लापरवाहीको कारण कार्ड परिवर्तन नगरी भत्ता दिने गरेकोले पीडितहरुले झन पीडा खेप्दै आएका छन् । लहान २ की ७१ बर्षीया घुरनी सदायको अवस्था पनि यस्तै रहेको छ । उनी पनि पुरानै कार्डकै आधारमा भात्ता पाउंने गरेका छन् । लहान नगरपालिकाका कार्यरत कर्मचारी रामविलास महतो भन्छन् — यस्ता कार्डलाई चाडै सुधार गरी ६० बर्षदेखि पाउंने दलित, अपांगहरुलाई ७० बर्ष पुगेलाई ज्येष्ठ नागरिकको आधारमा थप भात्ता दिने प्रावधान छन् । कहिकतै मिस्टेकले कार्ड परिवर्तन नगरिएकोले थप भत्ता पाउंन नसकेको होला । तर, यसलाई सच्चयाएर थप भत्ता दिने’ उनी प्रतिबद्धता जनाएको छ । ज्येष्ठ नागरिक, एकल महिला, दलित, अपांगलगायतले २०७२ चैत्रसम्म भत्ता पाइसकेका छन् । यता, लामो समयदेखि भत्ता नपाएको र भत्ता वितरणमा व्यापक अनियमित हुंदै आएकोले स्थानीय विकास मन्त्रालयले समाजिक सुरक्षा भत्ता बैंक मार्फत सम्बन्धितपक्षलाई उपलब्ध गराउंने प्रावद्यान गरेको छ । सोही अनुरुप लहान नगरपालिकाले समाजिक भत्ता पाउंनेहरुको नाममा बैंक खात्ता खोलिने काम गरिरहेको छ । मंसिर ४ गतेदेखि लहान स्थित रहेका १० वटा बैंकका खात्ता खोलिने टोली नगरपालिकामै खटाइएको छ । लहान नगरपालिकामा समाजिक सुरक्षा भत्ता पाउंने करिब ४ हजारको संख्यामा रहेको छ । हालसम्म ६ सयले खत्ता खोलिसकेका छन् । पांच सयको दरमा दिंदै आएको समाजिक सुरक्षा भत्ता यस पटकदेखि सरकारले दोब्बर गरेर एक हजार पुर्याएको छ । विभिन्न तहमा भत्ता खांदै आएका व्यक्ति ७० बर्ष पुगेपछि थप ज्येष्ठ नागरिक बापत भत्ता खान पाउंने भएको छ । अर्थात महिनामा २ हजार पाउंने छ भने ज्येष्ठ नागरिकले एकल रुपमा एक हजार मात्र मासिक भत्ता पाउंने छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्