मोटर साईकल दुर्घटनामा २ जना गम्भिर घाईते
Advertise Here Book Now

अभिमनु कुमार पटेल पुस १४ रौतहट । रौतहटको मौलापुर बंकुल सडक खण्डमा मोटरसाइकल अनियन्त्रित हुदाँ चालक सहित सवार गम्भीर घाईते भएका छन । दिउँसो १२ बजेको समयमा मौलापुर देखि गौर तर्फ आउदै गरेका बि.आर. ३० जे ८२२७ नं को बजाज प्लेटीना तिब्र गतिमा आउदै गरेको क्रममा चालक सरुअठा गा.वि.स. वडा नं ९ का २० वर्षीय शेख महताब तथा सवार वारा जिल्लाका पसरामपुर गा.वि.स. वडा नं ६ का १३ वर्षीय सरफे आलम समेतले गम्भीर रुपमा घाइते भएका छन । घाइते आलम लाई जिल्ला अस्पतालमा उपचार भई रहेको छ भने मोटर साइकल बंकुल प्रहरी चौकीको नियन्त्रणमा रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्