संसद सुचारु गर्न सद्भावना अध्यक्ष गिरीको माग
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १५ पौष । नेपाल सद्भावना पार्टी जिल्ला कार्यसमिति सिरहाले तत्काल सदन संचालन गरी संशोधन विधेयक दर्ता गर्न गराउंन सात बुंदे ज्ञापनपत्र सरकारलाई विहीवार बुझाएका छन् । नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष सरिता गिरीका विशेष अगुवाईमा ईलाका प्रशासन कार्यालय लहानको अगाडि चार घण्टा धर्ना बसेर ज्ञापनपत्र बुझाएको छ । ईलाका प्रशासन कार्यालय लहानका प्रमुख तुलसीराम पोखरेल मार्फत बुझाएको सो ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय, सभामुख कार्यालय, नेपाली कांग्रेस, नेकपा एमाले कार्यालयमा पठाईदिन ज्ञापनपत्र बुझाएको सद्भावना पार्टी सिरहाका अध्यक्ष जिवछ यादवले बताए । बुझाएको ज्ञापनपत्रमा मधेशी सहिदलाई सम्मान गरी विभेद अन्त्य गर्न जोडदार माग गरिएको छ । ७५ जिल्ला मध्ये मधेशलाई ८ जिल्लामा सिमित गरेको प्रति आपत्ति जनाउंदै जनसंख्याको अनुपातमा प्रतिनिधित्वको व्यवस्था गर्न माग गरिएको छ । नागरिकता सम्बन्धि नयां कानुन मधेशी र महिलाहरुका लागि दासताका नयां जंजिर रहेको दावी गर्दै यस्ता कानुनलाई यथाशिघ्र संशोधन गर्न माग गरिएको छ । मधेशी तथा महिलाका लागि गणतन्त्र र संघीयता अग्रगमनको प्रतिक नभई प्रतिगमनका बाटो भएको ठहर गर्दै मधेश र महिलाप्रतिको विभेद यथाशिघ्र हटाउंन माग गरिएको छ । संविधानले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि समस्या पैद गरेको भन्दै चीन र भारतबीच अवस्थित भूराजनीतिकमा असन्तुलनको अवस्था सृजना गरेको छ यसले मुलुकमा शान्ति र सुरक्षा आउंन नसकेको ज्ञापनपत्रमा उल्लेख छ । संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनले देशमा थप द्धन्द्ध र गृहयुद्धतर्फ धकेल्न निश्चित रहेको दावी गरिएको छ । नेकपा एमालेलाई आशंका छ की संसद सुचारु भयो भने संशोधन विधेयक पारित हुने छ भनी संसद अवरोध गरिएको हो । यो प्रक्रिया अलोकतान्त्रिक हो यसैले एमाले राष्ट्रघाती काम गरिरहेको दावी गरिएको छ । संशोधन विधेयक सरकारले फिर्ता लिनु एमालेको अडानले असंवैधानिक र अधिनायकवादी हो भन्दै राजनीतिक दुर्घटनाबाट बचाउंन संशोधन विधेयकमा परिमार्जन गरी संसदीय प्रक्रिया अघि बढाउंन माग गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्