पूर्व पश्चिम रेलमार्ग बारे युवाहरु बिच रौतहटमा छलफल सम्पन्न
Advertise Here Book Now

अभिमनु कुमार पटेल पुस ६ रौतहट ।मधेश पुर्वाधार विकास बिषय बारे आज युवाहरु बिच रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको कार्यालयमा युनाईटेड मधेशी अफ नेपालको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको छ ।मधेशका मुख्य शहर लाई वाइपास गर्दै बनाउन लागिएको पूर्व पश्चिम रेलमार्ग मधेशमा मधेशी लाई नै अवसरबाट बन्चित गर्न राजा महेन्द्रको पाला पछिको सब भन्दा ठूलो षडयन्त्र हो रेलमार्ग नै निमार्ण हुन गई रहेको छ । महेन्द्र राजमार्ग मधेशको लागि श्राप हो र पूर्व पश्चिम रेलमार्गको प्रस्तावित रुट त्यस्को पर्याय रहेको छ । मधेशी जनता संग यस रेल मार्गले प्रत्यक्ष रुपमा विराटनगर , इनरुवा , राजविराज , सिरहा , जनकपुर ,जलेश्वर , मंलगवा , गौर , कलैया , बिरगंज र पश्चिम मधेशका मुख्य शहर बजारहरु नजोडेर आयोजना मधेशीका लागि ठूलो अर्थहिन भोलिको दिनमा मधेश मात्र जिन्दा शवको रुपमा रहने छ ।
साथै महेन्द्र राज मार्ग भन्दा पहिला निमार्ण भएका हुलाकी राजमार्गको अवस्था पुरै जिरपूर्ण बनेका छन त्यस्मा केही विकासको अवस्था अहिले सम्म देखिएको छैन । एउटा घाउँबाट मधेशी जनताहरु निको हुन नसके अर्को ठूलो घाउँ दिन त्यार पूर्व पश्चिम रेलमार्ग निमार्ण गर्न गइ रहेका छन तर अब मधेशी युवाहरु चुप लागेर बस्दा मधेशका लागि खतरा हुने संकेत उत्पन्न भएको छ । मधेशका अग्रज नेताहरुको ध्यानाकर्षण नभएको अहिलेको वर्तमान देशको मधेश मुदा संविधान संशोधनले लगायत अन्य मुदा पछाडी लागेकै वेला शासक वर्गहरुले रेलमार्ग निर्माण गर्न लागेका हुन । यस प्रति सबै मधेशी पार्टीका प्रमुख व्यक्तित्वहरु ध्यान दिन अत्यन्त जरुरी रहेको अवस्था रहेको युनाईटेड मधेशी अफ नेपालका संयोजक संजय यादवले बताएका हुन ।
चुरे भावरका रहेका जंगलहरु लाई फडानी गरी जग्गा अतिक्रमण गर्न षडयन्त्र गरीरहेको अवस्था देखिएको छ । महेन्द्र राजमार्ग छेउछाउबाट रेलमार्ग निर्माण गर्नुको मुख्य उदेश्य पहाडबाट मधेशलाई छुटयाउने खोज्दै मधेशको भुभागमा रहेका जग्गा जस्मा जंगल पहाड परेको छ त्यसबाट खुल्ला रुपमा मधेशीलाई अलग गरि रहेका छन । धेरै पुरानो मधेशको जग्गामा रहेको हुलाकी राजमार्गको दुई तर्फी मानिसहरुको बसोबास बढी हुदा पनि त्याहा रेलमार्ग निमार्ण नगरी चुरेभावर लाई निशाना गरी एक आपसमा लडाउने ठूलो पलानी गरेका छन शासक वर्गहरुले कार्यक्रममा सहभागी सुर्या किरण यादव , श्यामविहारी यादव , कमलेश यादव , अरबिन्द यादव , प्रकाश भाई , ओमप्रकाश साह , सत्रुधा सिंह , संजिप गुप्ता , सत्येन्द्र सिंह लगायतका वक्ताहरुले बताएका छन । पूर्वधार विकास र पूर्व पश्चिम रेलमार्ग छलफल कार्यक्रम लाई रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका अध्यक्ष अभिमनु कुमार पटेलले संचालन गरेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्