मिर्चैया प्रहरीले गरे तीन सय लिटर घरेलु मदिरा नष्ट
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०६ पौष ।सिरहाको मिर्चैयाबाट प्रहरीले ठूलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया आज (बुधबार) करीब तीन सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको हो । बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीको गस्तीले मिर्चैया ५ र ६ स्थित विभिन्न भठ्ठी र पसलहरुबाट उक्त परिणामको घरेलु मदिरा नियन्त्रणमा लिई स्थानिय भरभलादमी र संचारकर्मीको रहोबरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । पछिल्ला केहि महिनायता मिर्चैया तथा आसपासको क्षेत्रमा अबैध मदिरा बिक्री बितरण र उत्पादन भइरहेकोले जानकारी पाएपछि प्रहरीले निगरानी बढाएको छ । अबैध रुपमा उत्पादन गरिने मदिरा विषाक्त हुनुको साथै मदिरा सेवनका कारण गाउंघरमा अपराधका घटनाहरु समेत बढेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउँदै आएको छ । यता, प्रहरीले सानो परिमाणमा मदिरा उत्पादन गर्नेहरुबाट मदिरा बरामद गरि नष्ट गर्ने गरेको भएपनि ठूला होटल तथा रेष्टुरेण्टहरुमा विक्री वितरण हुने अबैध घरेलु मदिरालाई रोक्न नसकेको बताइएको छ । बिभिन्न स्थानमा लाग्ने हाट बजारहरुमा खुलेयाम रुपमा घरेलु मदिराको बिक्री भइरहेको भएपनि त्यसतर्फ प्रहरीले वास्ता नगरेको सर्वसाधारणले गुनासो रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्