माग सम्बोधन नगर्ने संशोधन अमान्यः यादव
Advertise Here Book Now


राम नारायण पंडित, सिरहा, २३ मंसिर । संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बर्तमान संबिधान संशोधन प्रस्तावले मधेशी जनजाति सहित उत्पीडित समुदायको माग सम्बोधन नगर्ने दाबी गरेका छन् । सिरहाको लहानमा विहिबार आयोजित पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादबले यो संसोधन प्रस्ताबले अधिकारबाट बन्चित रहेका बर्ग र क्षेत्रका माँग सम्बोधन हुन नसक्ने नभएकोले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई नेता आह्वान गरेका छन् । उक्त अबसरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी ७ सय भन्दा बढी नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गाविस अध्यक्ष राम नारायण यादव, नेकपा एमालेबाट सुरेन्द्र महतो, राज नारायण साह, नविन महतो, नेकपा माओवादी केन्द्रबाट राजन श्रेष्ठ, रमेश राई, मनोज लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मनोज यादव र फोरम गणतान्त्रिकबाट दिपेन्द्र यादव लगायत ७ सय भन्दा बढी नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका हुन् । कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं मधेश प्रदेशका अध्यक्ष रेणु यादव, केन्द्रीय कोषाध्यक्ष विजय यादव, पूर्व मन्त्री राजलाल यादव, सांसद् विरेन्द्र महतो, केन्द्रीय सदस्य सञ्जय सिंह, अशेश्वर यादव, महिला फोरमकी केन्द्रीय अध्यक्ष निर्मला यादव लगायतको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्