‘सहिद नगरी लहानबाट नै फेरी आंधीवेहरी उठ्ने’
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान २५ मंसिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले पहिलेदेखि संघीयता विरोधी रहेको आज प्रमाणित भइरहेको छ । राष्ट्रिय बैश्य समाजको आयोजनामा विशाल वैश्य निर्माणको लागि वैश्य सम्मेलनको उद्घाटन गर्दै आज लहानमा अध्यक्ष महतोले मधेशको माँग पुरा हुन नदिन एमाले जुन प्रयास गरिरहेको छ त्यो नेपालबाट मधेशलाई अलग गर्ने षड्यन्त्र गरिरहेको बताउंनुभयो । मधेश र मधेशीको अधिकारको लागि वैश्यहरुको महत्वपूर्ण योगदान रहेको भन्दै अधिकार र पहिचानको लागि भिक्षा माग्ने समय नरहेकोले अब मधेश मुक्तिको लागि आन्दोलनको तयारीमा लाग्न अध्यक्ष महतोले आव्हान गर्नुभयो । उहांले संशोधनको पक्षमा नउभिएर एमालेको राष्ट्रघाति चरित्रको उजागर भएको बताउंदै लहान सहिद नगरी हो फेरी आन्दोलनको आंधीवेहरी यहीबाट उठ्ने स्थिति रहेकोले अब अन्तिम लडाई नै हुने बताउंनुभयो । एमालेले मधेशको माँग पुरा हुन नदिनका लागि आन्दोलन गर्यो भने अब मधेशी जनता एमाले मुक्त मधेशको परिकल्पना गर्ने चेतावनी समेत उहाँले दिनुभयो । एमालेको राष्ट्रघाति चरित्रकै कारण वर्तमान उपलब्धि समेत गुम्ने खतरा तर्फ सबैलाई सचेत गराउनु भएको थियो । संविधान संशोधनको सवालमा उहाँले अहिले तयार पारिएको संविधान संशोधनको प्रस्तावबाट मधेशको सबै माँग पुरा हुन नसक्ने भएकाले मधेशी मोर्चा सो प्रस्तावबाट असन्तुष्ट रहेको स्पष्ट पार्नुभयो । मधेशको सबै माँग सम्बोधन हुन सक्ने संशोधन प्रस्ताव तयार पार्नका लागि मोर्चाले दबाब बनाई रहेको उहाँले बताउनु भयो । कार्यक्रम समापन लगत्तै पत्रकारले एक जिज्ञासामा अध्यक्ष महतोले तराई मधेश लोकतान्त्रिक पार्टीसँग पार्टी एकीकरण हुन लागेको चर्चामा मात्रै सीमित रहेको तर एकीकरणका लागि कुनै ठोस कदम अहिलेसम्म अगाडि नबढाइएको स्पष्ट पार्नुभयो । एकीकरणको लागि हाम्रो चाहना रहेको भन्दै महतोले यसको लागि वृहत्त छलफलको आवश्यकता रहेको बताउंनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्