जाडोमा घर भत्काएपछि डोम परिवार विचल्लीमा
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २० मंसिर । सिरहाको अचन्द्रअयोध्यापुर १ स्थित विल्टु डोम र वेचु डोमको घर शनिवार भत्काएपछि डोम परिबार विचल्लीमा परेका छन् । विगत ४० वर्षदेखि वस्दै आएका डोम समुदायलाई जाडोको मौसममा स्थानीय भरतराज शर्माले घर भत्काएपछि डोम परिबार समस्यामा परेका हुन् । घरभत्काउने क्रममा उनीहरुले मरिक परिवारमाथि हातपात समेत गरेको जनाएको छ ।
घर भत्काएकाएपछि तराइका अति विपन्न समुदायका डोम परिवारका १८ जनाको परिवार खुल्ला आकाशमुनी रात विताउन बाध्य भएका छन् । संजय डोमका अनुसार भरतले २५÷३० जनाको समूहमा ल्याएका अपरिचित युवाहरुले भर भत्काएको हो । प्रहरीकै अगाडी गुण्डा शौलीमम घर भत्काउँदा समेत प्रहरीले केही नगरेको उहाँहरुले गुनासो गरेका छन् । यता, भरतराज आफ्नो जमिन भएको भन्दै डोम परिवारको घर अदालतको आदेशमा भत्काएको बताएको छ । २०३५ सालदेखि बस्दै आएको डोम परिवारलाई त्यहाँबाट विस्थापीत गर्ने नियत सहित शर्माले ७÷८ वर्ष अघि जमिन खरिद गरेको स्थानीयले बताएको छ । स्थानीय व्यवसायी तथा समाजसेवी कुलिया यादवले डोमपरिवार बसेको देखि देखि भरतले जमिन किनेर डोम परिवारमाथि अन्याय गरेको बताए । भरतले अदालतमा जमिन चलन गरिपाउँ भनी मुद्दा लगाएको भएपनि आफूहरुले यस वारेमा कुनै जानकारी नपाएको मरिक परिवारले बताएको छ । यता, इलाका प्रहरी कार्यालय मिर्चैयाले आफूहरुलाई  घटनावारे जानकारी नभएको भन्दै, पीडित परिवारलाई तत्काल बासको व्यवस्था मिलाउन पहल थालेको बताएको छ । प्रहरीको एक टोली घटनास्थलमा पुगेर  तत्काल मरिक परिवारलाई बासको लागि त्रिपालको व्यवस्था गर्न भरतराजलाई भनेको प्रहरीको भनाई रहेको छ । बाँसका सामाग्री बनाएर गुजारा चलाउँदै आएका डोम परिवारको जमिन समेत आफ्नो नाममा छैन । उनीहरु वर्षौंअघि बाँझो जमिन सफापारी बसेको बताइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्