माईक्रोको ठक्करबाट लहानमा साईकल यात्री गम्भिर घाईते अबस्था चिन्ताजनक
Advertise Here Book Now

संजय बिश्वकर्मा मंसिर १९,लहान । पुर्ब पश्चिम लोकमार्ग अन्तर्गत माईक्रो ठक्करबाट एक जन साईकल यात्रि गम्भिर घाईते भएको छ । घाईते हुनेमा सिरहा लहान नगरपालिका वडा नं. ३ बस्ने १८ बर्षिय हरेराम महतो रहेको प्रहरीले जानकारी दिनुभयो । पुर्बबाट पश्चिम काठमाण्डौ जादै गरेको बा.३ख. ८४४५ नं. एस हाईस माईक्रोबसले सोहि दिसाबाट आउदै गरको साईकल यात्री लाई पछाडीबाट ठक्कर हानी गम्भिर घाईते बनाएको हो । घाईतेलाई लहान स्थित रहेको लिला मदन पोलिक्लिनीक एण्ड प्रसुती गृहमा समान्य उपचार पछी थप उपचारको लागी बिराटनगरको न्युरो हस्पिटल लगीएको लिला मदन पोलि क्लिनिक लहान का डा. राजन साहले बताए । घाईते महतो टाउकोमा गम्भिर चोट लागी टाउको फुटोको साथै घाईतेको अबस्था चिन्ताजनक रहेको छ । ठक्कर दिने गाडी ,चालक ईलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्