मिर्चैयामा हराएको भनिएको महिलाको शव फेला
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०१ पौष । सिरहामा हराएको भनिएको एक महिलाको शव कुहिएको अवस्थामा फेला परेको छ । कार्तिक २८ गतेदेखि हराएको मिर्चैया ५ बस्ने दानी साहको अन्दाजी ४० बर्षीय श्रीमति ठकनी देबि साहको शव आज (शुक्रबार) ईलाका प्रहरी कार्यालयले खोजतलाश गर्ने क्रममा फेला पारेको छ । मिर्चैया ५ स्थित जिवा जंगलामा कुहिएको अबस्थामा साहको शव फेला परेको प्रहरीले बताएको छ । शवको पोष्टमार्टमका लागि लहान पठाईएको बताइएको छ । यता, मृतक महिलाको सम्बन्धमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केहि भन्न सकिने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए ।

, ,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्