मिर्चैया प्रहरीद्धारा तिन बिघा भन्दा बढीको गाँजा फडानी
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०४ पौष । सिरहाको विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई प्रहरीले तिव्रता दिएको छ । ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले बिभिन्न स्थानमा लगाइएको करीब साढे ३ बिघाको अबैध गाजा खेती नष्ट गरेको हो । मिर्चैया नगरपालिका ८ रामपुरा, ९ सुन्दरपुर र कालाबन्जार ३ मा लगाईएको करीब साढे ३ विघाको अबैध गाँजा खेती फडानी गरी सोमबार नष्ट गरिएको प्रहरीले बताए । गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिए सम्म फडानी कार्य जारी रहने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) बज्राचार्यले बताए । कृषकहरुले व्यवसायिक रुपमा गाँजा खेति गर्ने गरेको पाईएको र आम्दानीको श्रोत गाँजा भएकाले गाँजा खेती गर्नु गैरकानुनी रहेको उनले वताए । गाँजा फडानी कार्य वर्षेनी गरिने भएकाले कृषकहरुलाई गाँजा खेतीलाई त्यागेर अरु वाली लगाउन तर्फ लाग्नु पर्ने डिएसपी बज्राचार्यको धारणा रहेको छ । गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही हुने उनले वताए ।

, ,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्