स्वयंसेविका दिवशमा नि :शुल्क महिला शिविर तीन सम्मानित
Advertise Here Book Now

फिरोज शेख लहान मंसिर २१ । महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा स्वास्थ्य , समृद्ध राष्ट्र निर्माणमा टेवा " मूल नराका साथ मनाइएको १३औ महिला स्वास्थ्य स्वयंसेविका दिवशको उपल्यक्षमा लहनको बस्तीपुर विद्यालय र बस्तीपुर स्वास्थ्य चौकी परिसरमा एक दिने नी: शुल्क महिला स्वास्थ्य शिविर आयोजना गरिएको छ । जिल्ला स्वास्थ्य कार्यलय सिरहाको आयोजना , HC3 प्रोजेक्टको सहकार्य र ओरेक नेपाल लहानको सहयोगमा नि : शुल्क महिला स्वास्थ्य शिविर संचालन गरिएको छ । उक्त शिविरमा बस्तीपुर , गोविंदपुर र पडरियाका सयौ महिलाहरुले आ - आफ्नो स्वास्थ्य चेकजाँच गराएका छन । शिविरमा स्वास्थ्यमा समस्या देखिएपछि नि:शुल्क औषधिको पनि सुविधा उपलब्ध गराइएको छ । चेकजाँच गर्ने क्रममा केहि महिलाहरुमा पाठेघर सम्बन्धी समस्या देखिएपछि सम्बंधित ठाउमा चेकजाँच गराउन सल्लाह समेत दिइएकोछ । यसै बिच उक्त शिविरमा ३ जना स्वयंसेविका लाई काम र क्षमताविकाशको आधारमा सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा गोविन्दपुर स्वास्थ्य चौकी बाट गीता कोइराला , बस्तीपुर स्वास्थ्य चौकी बाट इसु कुमारी खडका र पड़रिया स्वास्थ्य चौकी बाट मीना कुमारी सिंह लाई अविर र दोसल्ला ओढाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा पड़रिया स्वास्थ्य चौकीको जनस्वास्थ्य अधिकृत कृष्ण प्रशाद यादव , सवास्थ्य निरीक्षक सरोज कुमार कर्ण , जिल्ला स्वास्थ्य कार्यलय सिरहाका राकेश कुमार झा , ओरेक नेपाल लहानको कार्यक्रम संयोजक नीलम कुमारी यादव , मुक्ति नेपालको रेनू कर्ण , सीनियर अहेव गंगा राम साह , महिला अधिकारकर्मी गंगा अधिकारी , देव कुमारी महरा , रीता महतो , HC3 प्रोजेक्टको भोला प्रशाद विश्वकर्मा , शेख मीडिया हाउस प्रालि , रेडियो सरगम ९३ मेगाहर्ज़का संचालक फिरोज शेखको उपस्थिति रहेको थियो । उक्त शिविरमा हाम्रै गाउघरमा पाइने विभिन्न लाभदायक स्थानीय जड़ीबूटीको पनि प्रदर्शनी गरिएको छ । कार्यक्रमा वक्ताहरुले बोल्दै महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा,योगदान र भूमिकाको प्रशंसा गरेका छन । उक्त सम्मान कार्यक्रमा सयौ स्वयंसेविका , नागरिकसमाज , भर भलादमीको उपस्थिति रहेको थियो I यसै बिच त्यहा उपस्थित सेवाग्राही महिलाहरुले बस्तीपुर स्वास्थ्य चौकीमा चर्पीको समस्या रहेको बताए । उक्त चौकीमा चर्पी रहे पनि टूटफुट भएको कारण प्रयोग बिहीन रहेको उक्त चौकीका एक स्वयंसेविकाले बताईंन । सँगै थपिन चर्पी को समस्याका कारण पनि यस भेगका महिलाहरू निरन्तर स्वास्थ्य परीक्षण गराउन आउदिनन ।
सं न २०१७ सम्म नेपाल लाई खुल्ला दिशा मुक्त घोषणा गर्ने निर्णय लिएको नेपाल सरकारले सब भन्दा पहिला सरकारी कार्यलयहरुमा चर्पीको उचित व्यस्वस्था सँगै अनुगमन गर्नुपर्ने देखिन्छ । यदि यस्तो गरिएन भने २०१७ के २०२० सम्म पनि नेपाल लाई खुल्ला दिशा मुक्त घोषणा गर्न नसकिने जन गुनासो बढ़न थालेको छ । सर्वसाधारण , सेवाग्राही, अधिकारकर्मी , संचारकर्मी सबैले सरकारले आफ्नै घर बाट सुरु गरेपछि मात्र जनमानसमा सकारात्मक सोच उत्पन्न हुने जिकिर सँगै यस्ता समस्याहरूको समाधान चड़ै गर्न सम्बंधित निकाय संग आग्रह गरेका छन । त्यस्तै १३औ महिला स्वास्थ्य स्वयंसेविका दिवशको अवसरमा सिरहको सदरमुकाम सिरहामा जिल्ला स्वास्थ्य कार्यलयको आयोजनामा जनचेतना मूलक रयाली निकालिएको छ । उक्त रयालीमा सयौ स्वयंसेविकाहरू सँगै अधिकारकर्मी , संचारकर्मी र स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्