विद्यालय बन्द गरी कुश्ती,राज्यमन्त्री भगत र सिडियोको रमोत्सव
Advertise Here Book Now

सुरेन्द्रकुमार कामति सिरहा, २१ मंसिर । कुश्ती आयोजनाको नाउँमा सिरहाको एक विद्यालय बन्द गरिएको छ । सिरहाको बेल्हामा रहेको बिष्णु चरण श्रेष्ठ माध्यमिक विद्यालय बन्द गरिएको थियोे । उक्त कुश्तीको उर्जा राज्यमन्त्री सत्य नारायण भगतले उदघाट्न गरे । कुश्ती हेर्न नेपाली काँग्रेसका समानुपातिक साँसद मो.मुक्तार राईन, प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ लगायतका जिम्मेवार निकायकै प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।विद्यालय शान्ती क्षेत्र घोषणा गराउने राज्य र तिनका निकायले नै यसको अवज्ञा गरेको देखिन्छ । विद्यालयमा अध्ययन गर्ने प्राथमिक तहदेखी माध्यमिक तहसम्मका करिब ४ सय वढी विधार्थी पढ्नवाट बन्चित भएको छ ।विद्यालयमा कुश्तीको लागि साताअघि माटो पुड्ने (अखारा बनाउने) कामले विद्यालयको पठनपाठ्न प्रभावित हुँदै आएको थियोे । विद्यालय बन्द गरिएपनि कुनैपनी सरोकारवालाले चासो व्यत्त गरेनन् । कुनैपनि वहानामा विद्यालय बन्द गर्न नहुने जानकारी भएपनि प्रध्यानाध्यापक र शिक्षकले आयोजकको दबाब थेग्न नसकेको भन्दै पंछिएको छ । विद्यालय शान्ति क्षेत्रका रुपमा घोषणा भएको बर्षौ भैसकेको भन्दै नागरिक अगुवा रामकिशोर यादवले विधार्थिको पठनपाठन कुनैपनि कार्यक्रम, मेलारउत्सवको नाउँमा बन्द गर्नु निन्दनीय कार्य रहेको बताए । जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णले कुनैपनि बहाना विद्यालय बन्द गर्न नहुने बताए । सबै राजनीतिक दल, संघसंस्थाले विद्यालयलाई शान्ति क्षेत्रको रूपमा घोषणा गरेको भन्दै जिशिअ कर्णले विद्यालय बन्दवारे आफूले कुनै जानकारी नभएको बताए । विद्यालय बन्द गरेको बारे थपकुरा बुझेर आवश्यक कारबाही गर्ने बताए । रामजानकी विवाह महोत्सवको अवसरमा कुश्तीको आयोजना गरिएको विराट दंगल कुश्तीका अध्यक्ष हेबु मुखियाले बताए । उनले आफूहरुको नियत विधार्थिको पठनपाठन प्रभावित गर्नु नरहेको दाबी गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्