खुला दिशामुक्त संगै मधेशबाट एमाले मुक्त अभियान ः महतो
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १७ पौष । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान र संघीयताको ठूलो दुश्मन एमाले पार्टी संसद गेटमा उभिएका छन् । एमालेले संविधान संशोधन गर्न दिंदैन न त चुनाव नै हुंन दिंदैनन् बताउंनुभयो । संघीयता सफल भयो भने केपी ओलीहरुलाई कठिनाई हुने भन्दै आज लहानमा प्रेस मंच सिरहाद्धारा गरिएको पत्रकार सम्मेलनमा महतोले संविधान संशोधन र संघीयता सफल भएन भने विखण्डवादीहरुलाई बल पुग्ने र यसको जिम्मेवार एमाले लिनुपर्ने बताउंनुभयो । महतोले पहाडमा दूई तिहाई र मधेशमा एक तिहाईको संख्याको आधारमा नगरपालिका गाउंपालिकाको पूर्नसंरचनाबाट स्थानीयतहको निर्वाचन कुनै पनि हालतमा नहुने भन्दै मधेश र पहाडको बजेटिंगमा आकाश जमिनको फरक रहेकोले यस्ता विभेद अन्त्य नहुंजेल कुनै पनि निर्वाचन नहुने बताउंनुभयो । एमाले समस्या निकासको बाधक पार्टी भएकोले खुला दिशामुक्तसंगै मधेशबाट एमालेलाई मुक्त गर्ने अभियान चलाउंनुपर्छ । संसद अबरूद्ध गरेर एमालेले गैरलोकतान्त्रिक चरित्र देखाएको अध्यक्ष महतोले बताउंनुभयो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतको कुमाउ, गढवालबाट नेपाल छिरेका खस बाहुनहरुले मधेशको भाषा संस्कृतिमाथी प्रहार गरिरहेको भन्दै यसका शिकार हाम्रै एमाले कांग्रेसका मधेशीहरु तिनीहरुको गुलामी गरिरहेको बताउंनुभयो । महतोले भारतबाट आएका खस भाषालाई नेपालमा राष्ट्रिय भाषा बनाएर शासन गरिरहेको छ । जहां मैथिली, भोजपुरी, अबधी, थारु, हिन्दी यही भूमीको भाषा संस्कृति रहेपनि खस बाहुनहरुले दमन शोषणमा उत्रिएकोले यसको विरोधमा गम्भिर विस्फोटन हुने उहांले बताउंनुभयो । महतोले संसारमा पहिचानको लागि थोरै भाषाभाषी तथा संस्कृति समुदायले अलग शासन सत्ता चलाउंन राज्यसंग अलग भएको उदाहरण दिंदै ओली जस्ता राष्ट्रघातीहरुको क्रियाकलाप तिब्र भयो भने मधेश पनि आफ्नो सेना र सुरक्षाको लागि तयार रहने महतोले बताउंनुभयो । उहांले आफ्नो भूमीको सुरक्षाको लागि मधेशी जनता नै सेना भएर लड्न तयार रहेको दावी गर्नुभयो । सद्भावना अध्यक्ष महतोले संशोधन विधेयक जबसम्म परिमार्जन हुंदैन तबसम्म यसको कुनै महत्व नरहने भन्दै मेचीदेखि महाकालीसम्म मधेश दूई प्रदेश हुनुपर्छ बताउंनुभयो । कार्यक्रम प्रेस मञ्च सिरहा लहानका अध्यक्ष मनोज बनैताका सभाध्यक्षतामा भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्