लहानमा आगलागी, दुई लाख पचास हजारको क्षती
Advertise Here Book Now

संजय बिश्वकर्मा लहान , १८ पौस ।। सिरहाको लहान नगरपालिका वडा नं. २२ टोल बर्छबामा बितेको राती आगलगी भएको छ । लगभग १२ बजे राती सोहि ठाउँ बस्ने बिनोद चौधरी र रामानन्नद चौधरीको गोठमा आगलगी हुदाँ २ लाख ५० हजारको क्षति भएको प्रहरीले जानाएको छ । गोठमा लगाएको घुरको कारणले आगलागी हुदाँ तिन वटा गाई , एउटा गाईको बच्चा , एउटा बाख्रा, र एउटा गोरु जलेर मरेको स्थानिय ओम प्रकाश चौधरीले जानकारी दिनुभएको छ । आगो नियन्त्रण गर्ने क्रममा गंगा देबि चौधरी लाई सामान्य रुपमा पोलिएको र कुनै मानबिय क्षती नभएको प्रत्यक्षदर्शीहरुले जनाएको छ । स्थानियबासीको पहलमा आगो नियन्त्रण भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्