एक लाख २० हजार अपराधी अझै फरार
Advertise Here Book Now

अन्लाईन सिरहा डटकम माघ १३ गते । नेपाल प्रहरीले विभिन्न अपराध मुद्दामा सजाय बेरुजू राख्ने अपराधीविरुद्ध सञ्चालन गरेको विशेष (फैसला कार्यान्वयन) अभियान अन्तर्गत करिब छ हजार दुईजना पक्राउ परेका छन् ।प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा हत्या मुद्दामा जन्मकैदको फैसला पाएकादेखि बैङ्किङ ठगी मुद्दामा करिब एक अर्ब रुपियाँ जरिवाना सुनाइएका अपराधीहरू छन् । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार विभिन्न मुद्दाका स्वदेशी तथा विदेशी गरी एक लाख २० हजार व्यक्ति फरार छन् । तीमध्ये १५ सय विदेशी नागरिक रहेको निर्देशनालयले जनाएको छ । २०७१ सालबाट सुरु गरिएको फैसला कार्यान्वयन अभियान अन्तर्गत विशेष अभियान सञ्चालन गरिएका २१ जिल्लामा तीन हजार २३, अन्य जिल्लाबाट तीन हजार २४ र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक सय ४० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । विभागका अनुसार सजाय बेरुजू राख्ने अपराधीको पक्राउसँगै जरिवाना तीन अर्ब ५८ करोड ८४ लाख चार हजार रुपियाँ असुल भएको छ । फैसला बेरुजू राख्ने पक्राउ परेकाहरूको जेल सजाय पाँच हजार तीन सय ६१ वर्ष एक महिना हुन आउँछ । दण्डहीनताविरुद्ध कारबाही अभियान २५ वर्ष पुराना अपराधका घटनामा संलग्न अपराधीहरू पनि पक्राउ परेका छन् । त्यस्तै कतिपय सरकारी जागिरसमेत खाइरहेको अवस्थामा पनि अपराधीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । विभिन्न अदालतले विभिन्न समयमा सजाय फैसला सुनाइसकेका तथा फरारको सूचीमा सूचीकृत अपराधी तथा अभियुक्तहरूलाई पक्राउ गर्न कडिकडाइ गरेयता वर्षौं पुराना अपराधका घटनामा संलग्न व्यक्ति कारबाहीको दायरमा आएका हुन् । प्रहरीले त्यस्ता अपराधीका विषयमा गोप्य सूचना प्राप्त भए तत्काल प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिन आग्रह गरेको खबर आजको गोरखापत्रमा समाचार छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्