सुखिपुर नपामा बोक्सीको आरोपमा महिलालाई गाउँ निकाला, प्रहरीमा उजुरी दर्ता भएन
Advertise Here Book Now



सिरहा,माघ १५ गते । बोक्सीको आरोपमा सिरहा सुखिपुर नगरपालिका ४ की २५ वर्षीया कलादेवी (नाम परिवर्तन) मण्डललाई दुर्व्यहार गरी गाउँ निकाला गरेको घटना सार्वजनिक भएको छ । स्थानीय विसोप्रसाद यादब र गुमस्ता यादबले उनलाई दुर्व्यवहार गर्नुका साथै लखेटेर गाउँ निकाला गरेका छन् । विसो सुखिपुरस्थित राष्ट्रिय बाणिज्य बैंकका सहायक प्रबन्धक हुन् ।

घटना माघ ६ गतेको हो । मजदुरी गरेको बनी धान माग्न जाँदा विसोले आफ्नै घरमा बोक्सीभन्दै दुर्व्यवहार गरेको पीडित मण्डलले बताइन् । उनले भनिन्, ‘विसोले तिमी बोक्सी हौं । मेरो घर आएपछि सबै बिमार पर्छन् भन्दै दुर्व्यवहार गरेर एक्कासि कुटपिट गर्न थाल्यो । गुमस्ता पनि त्यही थियो । उनले पनि बिसोसँगै कुटपिट गर्न गरेका थिए ।’

च्यातेको साडी र चोलो देखाउँदै उनले भनिन्, ‘उनीहरूले मलाई मलमुत्र खुलाउने प्रयास गरेपनि म भाग्न खोजे । तर उनीहरु लखेटेर समातेर ६ घण्टा घरमा थुनेर राख्यो । त्यसपछि प्रहरी चौकी सुखिपुर लग्यो । त्यहाँ मलाई केही हेर्न नदिई सहीछाप लगाउन लगाई लहान पुगाए । लहान अस्पतालमा स्वास्थ्य परीक्षण गराई फेरि घर लगेर दुई दिनसम्म थुनेर राखेँ । खान समेत दिदैन्थ्यो ।’ दुई दिनपछि बिसोको घरबाट आफू भागेको र अहिले भारतमा लुकेर बसिरहेको उनले भनिन् ।

बिसोले आफूलाई ज्यान मार्ने धम्की समेत दिएको पीडित कलादेवीले गुनासो पोखिन् । अब गाउँ फर्के ज्यान लिने भनेपछि आफू गाउँ जान नपाएको बताउँदै उनले गाउँमै रहेकी ६ वर्षीया छोरीलाई पनि एक सातादेखि भेट्न नपाएको बताइन् । कलादेवीले जिल्ला प्रहरी कार्यालय सिरहा पुगेर उनीहरूमाथि उजुरी दिन जाँदा प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले उजुरी दर्ता नगरेको गुनासो गरिन् ।

एसपी भन्छन्, ‘घटनाको यर्थात गुमराहमा राखियो’

सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले पीडित भनिएकी सुखिपुरकी ती महिलाले घटनालाई गुमराहमा राखेको बताए । उनले घटनाबारे यर्थाथ बाहिर नल्याएकोले अनुसन्धान गर्न समस्या पपरेको बताउँदै घटनाको यर्थात बाहिर नआउँदा उजुरी दर्ता नगरेको स्वीकारे । उनले भने, ‘घटनाको यर्थात लुकाउने प्रयास भएको छ । यदि सही कुरा पत्ता लाग्यो भने यर्थाथ लुकाउने र झुठो उजुरी दर्ताको प्रयास गर्नेमाथि पनि कानून बमोजिम कारबाही अगाडि बढाउँछौं ।

गाउँमा फरक हल्ला

पीडित महिला रामले विस्थापित भएर भारतमा बसिरहेकी अवस्था गाउँमा भने अर्कै हल्ला चलेको छ । पीडित महिलाका देबर सन्तोष कुमार मण्डलले स्वयंम भाउजु कलादेवी ९नाम परिवर्तन० स्थानीय राजकुमार यादबसँग फरार भएको र उनैसंग बसिरहेको दावी गर्छन् । तर उनको दावी सही नरहेको पीडितको भनाइ छ । पीडित महिला घटना घटेकै दिनदेखि आफूमाथि अपराध गर्नेहरुलाई कानूनी कठघरमा उभ्याउन सम्बन्धित निकाय धाइरहेकी छन् । सभार दैनिक नेपाल

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्