माेवाइल् पसलकाे सटर फाेडेर चाेरी गर्ने भाग्दै गर्दा पक्राउ
Advertise Here Book Now

जनकपुर २२ । जिल्ला धनुषा जउनपा वडा न ८ रामानन्द चोकमा सराेज मिश्रले संचालन गरेकाे SMS मोबाईल पसल गए राति अन्दाजी १ बजेकाे समयमा सटर फोडि मोबाईल ल्यापटप लगायत विभिन्न पसलका समान चोरी भएकाेमा जिल्ला प्रहरी कार्यालय धनुषााबाट खटिएकाे प्रहरी टाेलीले तत्काल खाेजतलास गर्दा चाेरी गरि भाग्दै गर्दैगरेकाे जिल्ला सिरहा मिर्चैया नपा वडा न ६ बस्ने बर्ष १९ काे दुर्गेश गाैइतलाइ पक्राउ गर्न सफल भएकाे । पक्राउ परेका गाैइतकाे साथबाट पसलबाट चाेरी भएकाे १३ थान माेवाइल सेट, १ थान ल्यापटप, ५ थान पावर बैक, लगायतका गरी अन्दाजी ४ लाख रूपैया बराबरकाे सामान बरामद गर्न प्रहरी सफल भएकाे । पक्राउ परेका गाेइतलाइ शुक्रबार नै चाेरी मुदामा म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएकाे छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्