२० लाख भन्दा बढीको अवैध सालको काठ सहित दुई पक्राउ
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २३ पौष । ईलाका प्रहरी कार्यालय मिर्चैयाको विशेष गस्ति टोलीले भारी परिमाणमा जंगली काठ सहित दुईजना लाई नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा सिरहाको बडहरामाल १ रतनपुर स्थित झाडिमा परालले छोपेर लुकाईछिपाई राखेको अवस्थामा प्रहरीको विशेष टोलीले करीब २० लाख भन्दा बढी मोल बराबरको अबैध काठ बरामद गरेको हो । पक्राउ पर्नेमा स्थानीय ५० बर्षीय भोला धामी र सिरहाकै गौतारी २ बस्ने ५२ बर्षीय शिवशंकर पासवान रहेको प्रहरीले बताए । उनीहरु काठ चिरान गर्ने मजदुर रहेको प्रहरीको भनाई रहेको छ । शुक्रबार बेलुका प्रहरीले छापामारी गर्दा अन्दाजी २० लाख भन्दा बढी मूल्य बराबरको साल, साज, सिसौ लगायत बिभिन्न जातको अबैध काठ नियन्त्रयामा लिएको छ । विशेष सुराकीको आधारमा काठ भएको ठाउँमा पुग्दा ठूलो परिमाणमा काठ, काठ चिरान गर्ने आरा सहित दुईजना फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए । ठूलो परिमाणमा काठ रहेकाले राती देखिनै उक्त स्थानमा सेक्टर बन कार्यालय मिर्चैया र प्रहरीले पहरा दिएर वसेको डिएसपीले बज्राचार्यले बताए । सिरहामा पहिलो पटक यति ठूलो परिमाणमा काठ बरामद गरिएको सेक्टर बन कार्यालय मिचैैयाका प्रमुख झरोखी साहले दाबी गरे । काठ कसको र कहाँबाट ल्याई राखेको हो भन्नेकुराको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्