रेडियोप्रति विभेद अन्त्य गर्न प्रचारक संघको सरकारसंग माग
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान ७ माघ । पत्रिकाले मासिक रुपमा लोककल्याणकारी विज्ञापन बापत पाउंने गरेको सुविधा सामुदायिक रेडियोहरुलाई पनि सोही अनुरुप सुविधा दिनुपर्ने रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष सुवाष खतिवडाले बताउंनुभयो । लहानमा माघ ४ गते सामुदायिक रेडियो समादको ९ औं बार्षिकोत्सवमा अध्यक्ष खतिवडाले कम लगानीका पत्रिकालाई मासिक लोककल्याणकारी विज्ञापन वापत सरकारले रकम उपलब्ध गराउंदै आएको छ भने ठूलो लगानीक रेडियोहरुलाई बार्षिक रुपमा २०—२५ हजार उपलब्ध गराउंदे आएको छ । यस्तो विभेदको अन्त्य गर्न मेरो नेतृत्वको संघले आन्दोलन गर्नुपर्ने बताउंनुभयो । अध्यक्ष खतिवडाले सामुदायिक रेडियोहरु कार्यक्रम उत्पादन गरेर उत्पादकीय कार्य गरिरहेकोले यसलाई उद्योगको आधारमा विजुलीको महसुलमा सुविधाको व्यवस्था नगरिए चाडै आन्दोलनमा जाने बताउंनुभयो । प्रकृतिका साथीहरुद्धारा संचालित रेडियो समाद स्थापना कालदेखि नै समुदाय परिर्वतन गर्ने विभिन्न प्रकारका रेडियो कार्यक्रम , सूचना , संगीतलगायत समाचार सम्प्रेसन गर्दै आएको छ । सामुदायिक रेडियो समाद एफ.एम .१०२.६ मेगाहर्जका संचालक समिति अध्यक्ष चन्द्रनारायण चौधरी अध्यक्षतामा भएको वार्षिक उत्सवमा प्रमुख अथिती सामुदायिक रेडियो प्रसारकका अध्यक्ष सुवाष खतिवडाले पानस वती बालेर कार्यक्रमको उदघाटन गरेका थिए । अथितीहरुमा पुर्व जिल्ला शिक्षा अधिकारी मुत्तिनाथ चौधरी , सामुदायिक प्रसारक संघका केन्द्रिय अध्यक्ष टिकाजंग थापा , सामुदायिक प्रसारक संघका प्रदेश नं.२ का प्रदेश सदस्य रामभरोसी महतो , नागरिक समाजबादी पार्टीका केन्द्रिय सदस्य रामचन्द्र चौधरीलगायत राजनितीक दलका प्रतिनिधी, बुद्धिजीवि , विभिन्न संघसंस्थाका प्रतिनीधि ,पत्रकार लगायत रेडियो प्रेमीको सहभागिता रहेका थिए । कार्यक्रममा प्रमुख अथिती खतिवडाले पुर्व संचालक समितीका अध्यक्ष शम्भुलाल चौधरीलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न प्रकारका साँस्कृतिक नृत्य , गायन , लगायत प्रमाणपत्र वितरण कार्यक्रम गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्