मेची महाकाली वैश्य पहिचान अभियानमा दहेज प्रथा न्यूनिकरण गर्न जोड
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, ७ माघ । यत्तिबेला संबिधान संसोधन आम जनताको चाहना भएको नेकपा माओबादी केन्द्रका समानुपातिक तर्फका सांसद निशा साहले बताएका छन् । सांसद साहले अधिकार, प्रतिनिधित्व र पहिचानको सवालका साथै लोकतन्त्रलाई संस्थागत गर्नका लागि राज्यको ढुकुटी खर्च गरेर बनेको संबिधानमा सबैको अधिकार सुनिश्चित गरी मुलधारमा ल्याउंन संबिधान संसोधन आवयश्यक रहेको बताउंनुभयो । मेची महाकाली वैश्य पहिचान अभियान अन्तर्गत वैश्य सम्मेलन सिरहा लहानमा सांसद साहले जनताको गास,बास, कपासलगायत ३२ प्रकारका मौलिक हकका सवाललाई संविधानमा समावेश गरेर अघि बढियो भने देशको मुहार नै फेरिने दावी गर्नुभयो । मधेशको लागि आरक्षण होइन् जातीय जनसंख्याको आधारमा विशेष अधिकार दिनुपर्ने सांसद साहले बताउंनुभयो । अर्काे प्रसङ्गमा साहले मधेशमा दहेज प्रथा महिलाहरुका लागि अभिषाप भएकोले यसलाई न्यूनिकरण गर्नका लागि सरोकारबाला निकाय सक्रिय हुनुपर्ने बताउंनुभयो । राज्य दहेज प्रथालाई बन्देज गरेपनि यो समस्या बिकरालको रुपमा रहेको छ । मेचिदेखि महाकाली वैश्य पहिचान अभियानको प्रथम चरणको कार्यक्रम अन्तर्गत पुर्वको बिभिन्न जिल्लाहरुमा संगठन निर्माण गर्दै आज सिरहाको लहानमा आएका थिए । रामप्रसाद साहका अध्यक्षतामा भएको कार्यक्रममा व्यक्ताहरुले सिरहालगायत देश भरीका वैश्य समुदाय एक जुट भएर अघि बढियो भने सरकार घुंडा टेकेर भएपनि वैश्य समाजको हक अधिकार दिनुपर्ने बाध्य हुने बताएका थिए । राष्ट्रिय वैश्य युवा महासंघ केन्द्रिय कार्यालय काठमाण्डौको आयोजनामा संचालित कार्यक्रममा सिरहा जिल्लाका तेलि , सुडी ,रौनीयारलगायत २२ जातीका सयौंको सहभागिता रहेको थियो । सोहीक्रममा रामतलेवर साहका संयोजकत्वमा बैश्य जागरण समिति गठन गरिएको छ । सो समितिमा अशोक साह, दिनेश्वर गुप्ता, आशाराम साह, रामचन्द्र साह, श्रीदेव साह, श्याम साह, मिथलेश साह, राजकुमार साह, रामरतन साह, योगीलाल साह, हजारी साह, भरत साहलगायत छन् । कार्यक्रम राष्ट्रिय वैश्य युवा महासंघ केन्द्रिय कार्यालय काठमाण्डौका केन्द्रिय सदस्य एवंम सिरहा जिल्ला ईन्चार्ज कृष्ण प्रसाद साहका बिशेष पहलमा भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्